यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)

सारांश

  • काठमाडौँ, २१ भदौ ।
  • काठमाडौँको परिवेशमा बनेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
  • पेमा ढोन्डुपको निर्देशन तथा नकिम उद्दिनको निर्माण रहेको फिल्म ‘द म्यान फ्रम काठमाडौँ’मा केही अन्तर्राष्ट्रिय कलाकारले अभिनय गरे पनि अधिकाशं नेपाली कलाकारको बाहुल्यता रहेको छ ।

काठमाडौँ, २१ भदौ । काठमाडौँको परिवेशमा बनेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’को ट्रेलर सार्वजनिक गरिएको छ । पेमा ढोन्डुपको निर्देशन तथा नकिम उद्दिनको निर्माण रहेको फिल्म ‘द म्यान फ्रम काठमाडौँ’मा केही अन्तर्राष्ट्रिय कलाकारले अभिनय गरे पनि अधिकाशं नेपाली कलाकारको बाहुल्यता रहेको छ ।

फिल्ममा कर्मा शाक्य, आना शर्मा, निर शाह, मिथिला शर्मा लगाएतका नेपाली कलाकारको अभिनय छ भने भारतका वरिष्ठ सिनेकर्मी गुलसन ग्रोवर र हलिउड कलाकार जोएस म्यानुअल पनि मुख्य भूमिकामा देखिएका छन् ।

फिल्मले आतंकवाद सम्बन्धि अन्तर्राष्ट्रिय मुद्दा उठाएको छ । इस्लामिक स्टेट(आइएस)ले विभिन्न देशमा गरेको सैनिक भर्ना अभियानलाई निरुत्साहित गर्न यो फिल्मले महत्वपूर्ण भूमिका खेल्ने निर्माण पक्षको दावि छ । समग्रमा कलाकार तथा कथापरिवेश नेपालको भएरपनि फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको उनीहरु बताउँछन् ।

नेपालीमाः

https://www.youtube.com/watch?v=0R1Me63gwQY

अंग्रेजीमाः

https://www.youtube.com/watch?v=Wd1AYY3Heho

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?