पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
२१ पटक हेरिएको
Shares
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो

सारांश

  • इस्लामाबाद ।
  • पाकिस्तानले टर्कीएको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री र चिकित्सा र उद्धार टोली पठाएको आधिकारिक विज्ञप्तिमा मङ्गलबार जानकारी दिइएको छ ।
  • सेनाले उद्धार विशेषज्ञहरू, स्निफर कुकुरहरू र खोज उपकरणहरू सहितको शहरी खोज र उद्धार टोलीसहित दुई दलहरू पठाएको पाकिस्तानी सेनाको मिडिया विंग इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले एक विज्ञप्तिमार्फत जनाएको छ ।

इस्लामाबाद । पाकिस्तानले टर्कीएको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री र चिकित्सा र उद्धार टोली पठाएको आधिकारिक विज्ञप्तिमा मङ्गलबार जानकारी दिइएको छ ।

सेनाले उद्धार विशेषज्ञहरू, स्निफर कुकुरहरू र खोज उपकरणहरू सहितको शहरी खोज र उद्धार टोलीसहित दुई दलहरू पठाएको पाकिस्तानी सेनाको मिडिया विंग इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले एक विज्ञप्तिमार्फत जनाएको छ ।

सेनाले सेनाका चिकित्सक, नर्सिङ स्टाफ, प्राविधिकसहितको टोली, ३० शैंयाको घुम्ती अस्पताल, टेन्ट, कम्बललगायतका राहत सामग्री पठाएको विज्ञप्तिमा उल्लेख छ । टर्कीए सरकार, सशस्त्र सेना र इस्लामाबादमा टर्की दूतावाससँग नजिकको समन्वयमा काम गर्दै टर्कीएका जनताका लागि राहत कार्यहरु गर्न सोमबार राति विशेष पाकिस्तान वायुसेनाको विमानमार्फत सहायता दलहरू अडाना, टर्कीए उडेको आईएसपीआरले जनाएको छ ।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)को एक विमान १५ टन सहयोग बोकेको र राज्य आर्थिक संगठनका कर्मचारीहरू सहितको ५० सदस्यीय सदस्य मङ्गलबार टर्की प्रस्थान गरेको सरकारी कार्यालयले जानकारी दिएको छ ।

विमान लाहोरबाट इस्तानबुलसम्म १५ टन मानवीय सहायता पनि लैजानेछ । सहयोगमा जाडो टेन्ट, कम्बल र अन्य अत्यावश्यक सामुग्रीहरु सामेल हुनेछन्। फेब्रुअरी ८ देखि, प्रत्येक दिन १५ टन मानवीय सहायतासहित पीआईएको उडान पाकिस्तानबाट टर्किए र सिरिया पठाइने विज्ञप्तिमा जनाइएको छ ।

गत सोमबार गएको ७.८ भूकम्पमा चार हजारभन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । पाकिस्तान स्वास्थ्य मन्त्रालयको टोली पनि दुई देशको लागि प्रस्थान गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ता हस्तान्तरण गर्न आतुर छु : शेरबहादुर  देउवा
सत्ता हस्तान्तरण गर्न आतुर छु : शेरबहादुर देउवा
Various Reasoned Explanations Why You Should Always Make Use Of A free dissertation samples papersdude. com
‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’
‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’
जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने
जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने
गायिका मिलन अमात्यले गरिन् डिभोर्स
गायिका मिलन अमात्यले गरिन् डिभोर्स
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
कलंकी अन्डरपास सडक असार १५ देखि सञ्चालन आउने
कलंकी अन्डरपास सडक असार १५ देखि सञ्चालन आउने
भरतपुर १९ मा ,भोलि (शुक्रबार) हुने मतदान स्थलको   एक सय मिटर वरपर निषेधित क्षेत्र घोषणा……..
भरतपुर १९ मा ,भोलि (शुक्रबार) हुने मतदान स्थलको एक सय मिटर वरपर निषेधित क्षेत्र घोषणा……..
डिजेल, पेट्रोल, ग्यासको मूल्यवृद्वि फिर्ता
डिजेल, पेट्रोल, ग्यासको मूल्यवृद्वि फिर्ता
भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ: प्रधानमन्त्री प्रचण्ड
भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ: प्रधानमन्त्री प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?