झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २३, २०७३
|
|
१०३९५ पटक हेरिएको
Shares
झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिए

सारांश

  • झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् ।
  • निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै झापाका आठ नगरपालिका र सात गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको हो ।
  • आयोगका अनुसार बिर्तामोड नगरपालिकामा इलाका प्रशासन कार्यालय दमकका उपसचिव भोजराज श्रेष्ठ, कन्काइ नगरपालिकामा उपसचिव रोशनकुमार भट्टराई, अर्जुनधारा नपामा राधाकृष्ण खतिवडा खटिएका छन् ।

झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् ।

निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै झापाका आठ नगरपालिका र सात गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको हो ।

आयोगका अनुसार बिर्तामोड नगरपालिकामा इलाका प्रशासन कार्यालय दमकका उपसचिव भोजराज श्रेष्ठ, कन्काइ नगरपालिकामा उपसचिव रोशनकुमार भट्टराई, अर्जुनधारा नपामा राधाकृष्ण खतिवडा खटिएका छन् ।

यसैगरी,दमक नगरपालिकामा शान्ति मन्त्रालयका उपसचिव वेदराज फँुयाल, भद्रपुर नगरपालिकामा जिल्ला न्यायाधीश झापाका सुदर्शनप्रसाद पाण्डे, मेची नगरपालिकामा सर्वोच्च अदालतकी उपरजिष्ट्रार इन्दिरा शर्मा, गौरादह नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत सकुन्तला कार्की, शिवसतासी नगरपालिकामा पङ्कज भुर्तेललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, कमल गाउँपालिकामा प्रेमप्रसाद लुइँटेल, गौरीगञ्ज गाउँपालिकामा भीमप्रसाद तिवारी, बाह्रदशी गाउँपालिकामा बाबुराम राई, झापा गाउँपालिकामा रोशनशङ्कर घिमिरे, बुद्धशान्ति गाउँपालिकामा इन्द्रकमल प्रधान, हल्दिवारी गाउँपालिकामा पदमबहादुर कार्की र कचनकवल गाउँपालिकामा देवीबहादुर भण्डारीलाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसी मिलानसँग न्युक्यासल पराजित
एसी मिलानसँग न्युक्यासल पराजित
दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)
दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)
कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ
कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ
दशै बिदामा घर गएका प्रअ फर्केनन्, गणित र अंग्रेजीको पढाइ ठप्प
दशै बिदामा घर गएका प्रअ फर्केनन्, गणित र अंग्रेजीको पढाइ ठप्प
डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ
डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ
एसईईका विद्यार्थीका लागि टेलिकमको ‘स्टुडेन्ट अफर प्याक’
एसईईका विद्यार्थीका लागि टेलिकमको ‘स्टुडेन्ट अफर प्याक’
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
रवीन्द्र मिश्रलाई १ सय २९ मतले  पराजित गर्दै काठमाडौं १ मा प्रकाशमान सिंह निर्वाचित
रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै काठमाडौं १ मा प्रकाशमान सिंह निर्वाचित
मिस वर्ल्ड २०१८: समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा पुगिन् श्रृंखला
मिस वर्ल्ड २०१८: समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा पुगिन् श्रृंखला
मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्णको मतदानस्थलमै निधन
मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्णको मतदानस्थलमै निधन

तपाईंले छुटाउनुभयो कि?