हेलिकोप्टर दुर्घटना : ६ जनाको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
हेलिकोप्टर दुर्घटना :  ६ जनाको मृत्यु !

सारांश

  • धादिङ, २३ भदाै ।
  •   गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर नुवाकोटमा फेला परेको छ ।
  • हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए ।

धादिङ, २३ भदाै ।  गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर नुवाकोटमा फेला परेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए । हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाको भने उद्धार गरिएको छ। जीवित महिलाको नाम आनी डोल्मा डिकी रहेको बताइएको छ।नुवाकोट जिल्ला पुरानो बेत्रावती वडा नम्बर ३ बागबर्माखेतमा हेलिकोप्टर भेटिएको हो।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त हेलिकोप्टर बिहान ७ः४० बजे सामागाउँबाट काठमाडाैका लागि उडेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?