कमैयालाई जमिन्दारबाट मुक्त गराएर वगरमा लगेर राखिएको छ : सांसद पौडेल
सारांश
- दाङ, जेठ १२- प्रतिनिधि सभा सदस्य विष्णु शर्मा पौडेलले मुक्त कमैयाको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।
- सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै दाङ क्षेत्रनम्वर १ का समानुपातिक प्रतिनिधिसभा सदस्य पौडेलले मुक्त कमैया घोषणाको १८ वर्ष पुग्न लाग्दा समेत मुक्त कमैयाहरुको सही व्यवसथापन हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
- मुक्त कमैया घोषणा व्यवहारमा नदेखिएको भन्दै पौडेलले, ‘म प्रदेश नम्वर ५ को प्रतिनिधित्व गरेर यो गरिमामय पदमा आएको छु ।
दाङ, जेठ १२- प्रतिनिधि सभा सदस्य विष्णु शर्मा पौडेलले मुक्त कमैयाको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै दाङ क्षेत्रनम्वर १ का समानुपातिक प्रतिनिधिसभा सदस्य पौडेलले मुक्त कमैया घोषणाको १८ वर्ष पुग्न लाग्दा समेत मुक्त कमैयाहरुको सही व्यवसथापन हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
मुक्त कमैया घोषणा व्यवहारमा नदेखिएको भन्दै पौडेलले, ‘म प्रदेश नम्वर ५ को प्रतिनिधित्व गरेर यो गरिमामय पदमा आएको छु । २०५७ सालमा तत्कालिक सरकारले कमैया मुक्तिको घोषणा गरे पनि वास्तवमा उनीहरु मुक्त हुन सकेका छैनन् ।’ सांसद पौडेलले भनिन् ‘मुक्त कमैयाहरु जमिन्दारबाट मात्रै मुक्त भएका छन् । राजमार्गका महंगा जमिनबाट उठाएर उनीहरुलाई वगरमा लगेर राखिएको छ । उनीहरूको गास, बास, शिक्षा र आधारभूत आवश्यकता परिपूर्ति गर्ने व्यवस्था गरियोस् ।’
सहिद, बेपत्ता र घाइतेहरूलाई परिचय पत्र प्रदान गरी आगामी बजेटमा उनीहरुको शिक्षा, स्वास्थ्य वजेटमा व्यवस्था गर्न सांसद पौडेलले माग गरेकी छिन् । ‘नीति तथा कार्यक्रममा समेटिएका समान ज्याला, सबैको आय समान बनाउने, लैङ्गिक हिंसा बिरूद्ध अभियान चलाउने खालका कार्यक्रम साह्रै सह्रानीय छन्’, सांसद पौडेलले भनिन्, ‘परम्परागतरूपमा रहेका सामाजिक कुरीति, कुप्रथा, बोक्सी, दाइजो, बलात्कार, चेलिबेटी बेचबिखनलगायतका सामाजिक अपराधका दोषीहरूलाई अजिवन कारावासको सजायको गर्न कानुनी व्यवस्था गरियोस् भन्ने आग्रह गर्दछु ।’
प्रतिक्रिया