पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २५, २०७९
|
|
१४ पटक हेरिएको
Shares
पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा

सारांश

  • काठमाडाैं।
  •   फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • कतारको दोहास्थित अल थुमा रङ्गशालामा भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो ।

काठमाडाैं।  फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको दोहास्थित अल थुमा रङ्गशालामा भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो ।

मोरक्को सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेका छन् ।

मोरक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अत्तिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो ।

अत्तिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेँलो कार्डपछिको रातो कार्ड पाएर मैदान बाहिरिएका थिए । मोरक्कोले सेमिफाइनलमा अब फ्रान्ससँग खेल्नेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    bonus pri prihlásení na binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?