दानव नदीको किनारामा युवतीको शव
सारांश
- काठमाडौं, २५ भदौ ।
- शुद्धोधन गाउँपालिका ७, बोहरवा र गैडहवा गाउँपालिका वडा नं.
- ६, सूर्यपुराको सिमानामा दानव नदी किनारामा आज अन्दाजी २२/२३ बर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं, २५ भदौ । शुद्धोधन गाउँपालिका ७, बोहरवा र गैडहवा गाउँपालिका वडा नं. ६, सूर्यपुराको सिमानामा दानव नदी किनारामा आज अन्दाजी २२/२३ बर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । मृतकको सनाखत हुन सकेको छैन ।
बिहान स्थानीयहरु चौपाया चराउन दानव नदी किनारामा रहेको घाँसे मैदानमा आउने क्रममा लाश देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सूर्यपुरा र छपियाको प्रहरी टोलीले लाशको मुचुल्का उठाई पोष्टमार्टमको निम्ति पठाएको छ । युवतीलाई बलात्कार गरी हत्या गरेर फ्याँकेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया