काङ्ग्रेस माओवादी सहितका ६ दललाई पछि पार्दै एमाले भारी मतले अगाडि
सारांश
- भोजपुर, १५ असार– एमाले विरुद्ध बाँकी ६ दलले गठबन्धन गरेको भोजपुरका अधिकांश स्थानीय तहमा एमालेले अग्रता लिएको छ ।
- भोजपुरका अधिकांश स्थानीय तहमा साझा चुनाव चिन्ह प्रयोग गरी सत्तारुढ कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम, नयाँ शक्ति, लिम्बुवान र खम्बुवान पार्टीले चुनावी तालमेल गरेका थिए ।
- ६ पार्टीको गठबन्धन रहेको टेम्की मयुङ गाउँ पालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारहरुले प्रारम्भिक अग्रता लिएका छन् ।
भोजपुर, १५ असार– एमाले विरुद्ध बाँकी ६ दलले गठबन्धन गरेको भोजपुरका अधिकांश स्थानीय तहमा एमालेले अग्रता लिएको छ । भोजपुरका अधिकांश स्थानीय तहमा साझा चुनाव चिन्ह प्रयोग गरी सत्तारुढ कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम, नयाँ शक्ति, लिम्बुवान र खम्बुवान पार्टीले चुनावी तालमेल गरेका थिए । ६ पार्टीको गठबन्धन रहेको टेम्की मयुङ गाउँ पालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारहरुले प्रारम्भिक अग्रता लिएका छन् ।
एमाले उम्मेदवारले १२१ मत ल्याउँदा ६ दलको संयुक्त गठबन्धनले ९९ मत ल्याएको छ । यस्तै भोजपुर नगरपालिकामा पनि ६ दलीय गठबन्धनलाई पछि पार्दै एमाले भारी मतान्तरले अगाडि छ । भोजपुर नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले ४१४ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवारले २९८ मत ल्याएका छन् ।
भोजपुरकै साल्पासिलिचो गाउँपालिकाको प्रारम्भिक नतिजामा एमाले नै अगाडि देखिएको छ । यहाँ एमालेले ४१ र गठबन्धनले ३१ मत ल्याएका छन् । षडानन्द नगरपालिकामा भने गठबन्धनका उम्मेदवार भन्दा एमाले उम्मेदवार एक मतले पछाडि छन् । मेयरमा गठबन्धनका उम्मेदवारले ५८ र एमालेका उम्मेदवारले ५७ मत ल्याएका छन् । मत गणना भएको रामप्रसाद राई गाउँपालिकामा गठबन्धनका माओवादी उम्मेदवारले अग्रता लिएका छन् ।
प्रतिक्रिया