दानव नदीको किनारामा युवतीको शव

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
दानव नदीको किनारामा युवतीको शव

सारांश

  • काठमाडौं, २५ भदौ ।
  • शुद्धोधन गाउँपालिका ७, बोहरवा र गैडहवा गाउँपालिका वडा नं.
  • ६, सूर्यपुराको सिमानामा दानव नदी किनारामा आज अन्दाजी २२/२३ बर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् ।

काठमाडौं, २५ भदौ । शुद्धोधन गाउँपालिका ७, बोहरवा र गैडहवा गाउँपालिका वडा नं. ६, सूर्यपुराको सिमानामा दानव नदी किनारामा आज अन्दाजी २२/२३ बर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । मृतकको सनाखत हुन सकेको छैन ।

बिहान स्थानीयहरु चौपाया चराउन दानव नदी किनारामा रहेको घाँसे मैदानमा आउने क्रममा लाश देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सूर्यपुरा र छपियाको प्रहरी टोलीले लाशको मुचुल्का उठाई पोष्टमार्टमको निम्ति पठाएको छ । युवतीलाई बलात्कार गरी हत्या गरेर फ्याँकेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?