लोप हुँदै बाघमुखे चुलेसी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३२ पटक हेरिएको
Shares
लोप हुँदै बाघमुखे चुलेसी

सारांश

  • प्यूठान, १ असोज ।
  • प्यूठानको पहिचान बोकेको बाघमुखे चुलेसी यतिबेला लोपोन्मुख अवस्थामा पुगेको छ ।
  • आन्तरिक तथा बाह्य पर्यटकले प्यूठान आएपछि स्वागत, बिदाइ र मायाको चिनोका रुपमा प्रयोग हुँदै आएको यसको संरक्षण गर्न नसक्दा यो हराउने अवस्थामा पुगेको हो ।

प्यूठान, १ असोज । प्यूठानको पहिचान बोकेको बाघमुखे चुलेसी यतिबेला लोपोन्मुख अवस्थामा पुगेको छ ।आन्तरिक तथा बाह्य पर्यटकले प्यूठान आएपछि स्वागत, बिदाइ र मायाको चिनोका रुपमा प्रयोग हुँदै आएको यसको संरक्षण गर्न नसक्दा यो हराउने अवस्थामा पुगेको हो ।मल्लरानी– ४ बुडाचौर निवासी ८४ वर्षीय केदार सिं विश्वकर्मा बाघमुखे चुलेसी बनाउने प्रमुख व्यक्ति हुनुहुन्छ । उहाँ चार महिनादेखि लगातार बिरामी भएपछि निर्माण कार्य पूर्णरुपमा बन्द भएको छ । समयमै उहाँको सीप अन्य व्यक्तिलाई नसिकाउने हो भने उहाँसँगै जिल्लाको पहिचान गुम्ने खतरामा छ ।
“ अचेलका मानिस व्यवसाय सञ्चालन गर्न सीप सिक काम लाग्छ भन्दा सिक्न खोज्दैनन्,” उहाँ भन्नुहुन्छ । एउटा चुलेसी बनाउन करीब ६ सय लाग्छ । त्यसरी बनाएको चुलेसी करीब एक हजार ६०० मा विक्री गर्न सकिने स्थानीय केदार सिं विश्वकर्माको भनाई छ ।

पित्तल पगाल्न चाहिने काठका ठुटा सामुदायिक वनमा पाउन मुस्किल हुने र बलको काम बढी हुने भएकाले परम्परागत काम गर्ने जाँगर युवामा नभएको उहाँको गुनासो छ । “विश्वकर्माभन्दा पहिला सीप जानेका अग्रज नभएकाले यो सीप हस्तान्तरण गर्न गाह्रो भएको छ”, स्थानीय टुकबहादुर विश्वकर्मा बताउनुहुन्छ ।प्यूठान उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञामुराम न्यौपानेले चुलेसीले जिल्लाको ऐतिहासिकताका साथै पर्यटकीय महत्व बढाएपनि नयाँ पिंढीले परम्परागत पेशालाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिन नसको गुनासो गर्नुहुन्छ । उहाँले स्थानीय सरोकारवालासँग सहकार्य गरी यसको प्रवद्र्धनमा जोड दिइने बताउनुभयो । चुलेसी मात्र होइन यससँगै परम्परागत महत्व बोकेका सामग्री लोप भएका छन् । “बाघमुखे चुलेसीको जगेर्नामा हामी लाग्छौ”, मल्लरानी गाउँपालिकाका अध्यक्ष अम्मरध्वज राना बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?