एमाले–माओवादी केन्द्र तालमेलको घोषणा आज साँझ ५ बजे,
सारांश
- नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेलको औपचारिक घोषणा आज (मंगलबार) साँझ पाँच बजे हुने भएको छ ।
- राष्ट्रिय सभागृहमा हुने संयुक्त पत्रकार सम्मेलनमा दुई पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिइएको छ ।
- स्रोतका अनुसार एमाले र माओवादी केन्द्रबीच बहुदलीय जनवाद र माओवादी केन्द्रले २०५२ सालमा नेतृत्व गरेको जनयुद्धलाई बहसमा लैजाने सैद्धान्तिक सहमति भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेलको औपचारिक घोषणा आज (मंगलबार) साँझ पाँच बजे हुने भएको छ । राष्ट्रिय सभागृहमा हुने संयुक्त पत्रकार सम्मेलनमा दुई पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिइएको छ ।
स्रोतका अनुसार एमाले र माओवादी केन्द्रबीच बहुदलीय जनवाद र माओवादी केन्द्रले २०५२ सालमा नेतृत्व गरेको जनयुद्धलाई बहसमा लैजाने सैद्धान्तिक सहमति भएको छ । आसन्न निर्वाचनमा ६० र ४० को भागवण्डा गरेर उमेदवारी दिने करिब करिब सहमति भएको छ ।
सरकार प्रमुख र पार्टी प्रमुख सम्मानजनक रूपमा फाँडफाँट गर्ने सहमति पनि दुई दलबीच भएको छ । यसबीचमा एकता संयोजन समिति गठन गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ । दुवै पार्टीले आगामी निर्वाचनमा सूर्य चिह्नमा उमेदवारी दिने र यस विषयलाई माओवादी केन्द्रले ठूलो विषय नबनाउने ‘म्युचुअल अन्डरस्ट्यान्डिङ’ भइसकेको छ ।
चुनावमा तालमेल र चुनावपछि पार्टी एकता गरिसकेपछि समाजवादी क्रान्तिको मोडालिटी तयार गरेर अघि बढ्न दुवै दल तयार देखिएका छन् ।
प्रतिक्रिया