विश्वकप फुटवल: खेलाडिका ५ रोचक तथ्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
विश्वकप फुटवल:  खेलाडिका ५ रोचक तथ्य

सारांश

  • अस्बिन खड्का, २३ जेठ ।
  • रसियामा हुने विश्वकप फुटवल २०१८ का लागि ३२ टिमका कुल ७ सय ३६ खेलाडी राष्ट्रिय टिममा परेका छन्।
  • यी मध्ये २ सय खेलाडी दोस्रो पटक खेल्दैछन्।

अस्बिन खड्का, २३ जेठ । रसियामा हुने विश्वकप फुटवल २०१८ का लागि ३२ टिमका कुल ७ सय ३६ खेलाडी राष्ट्रिय टिममा परेका छन्।

यी मध्ये २ सय खेलाडी दोस्रो पटक खेल्दैछन्। जस्मा सन् २०१४ को विश्वकप खेलेका १ सय ८६ र सन् २०१० को विश्वकप खेलेका ६१ खेलाडी छन्। २१ खेलाडी सन् २००६ को विश्वकप खेलेका छन्। एक खेलाडी भने २००२ मा जापान र कोरियामा भएको विश्वकप खेलेका खेलाडी पनि छन्। उनी हुन् मेक्सिकोको डिफेन्डर राफा मार्क्युज। उनी मैदान उत्रिएमा पाँच वटा विश्वकप खेल्ने चौथो खेलाडी हुनेछन्।

१ . इंग्ल्यान्डको राष्ट्रिय टिममा परेका सवै खेलाडी आफ्नै देशको लिग खेलेका छन्। यस्तै रसियाको टिममा रहेका २३ मध्ये २१ खेलाडी आफ्नै देशमा लिग खेल्छन्। साउदी अरेबियाको टिममा पनि २० खेलाडी घरेलु लिग खेल्ने खेलाडी छन्। यता सेनेगल र स्विडेनको राष्ट्रिय टिमका सवै खेलाडी विदेशी लिग खेल्ने छन्। बेल्जियम, आइसल्यान्ड, नाइजेरिया र स्विट्जरल्यान्डको टिममा घरेलु लिग खेलेका १/१ खेलाडी मात्र परेका छन्। रसिया विश्वकपका लागि राष्ट्रिय टिममा परेका ७४ प्रतिशत खेलाडी युरोपियन लिग खेलिरहेका छन्।

रसिया विश्वकपका लागि टिममा परेका ५३ खेलाडीले यसअघिको विश्वकपमा गोल गरिसकेका छन्। जसमा जर्मनीका थोसम मुलरले १० गोल गरेका छन्। कोलम्बियाका जेम्स रोद्रिगेजले ६ गोल गरेका छन् भने टिम चाहिल, गोन्जालो हिग्युइन, लिओनल मेसी र लुइस सुआरेजले ५/५ गोल गरेका छन्।

२.इजिप्टका गोलकिपर इसाम इल हडारी रसिया विश्वकपका लागि टिममा परेका सवैभन्दा पाका खेलाडी हुन्। उनी हाल ४५ वर्ष ६ महिनाका भए। यदि उनले रसिया विश्वकप खेलेमा बढी उमेरमा विश्वकप खेलेर रेकर्ड बनाउनेछन्। यसअघि विश्वकप खेल्ने खेलाडी कोलम्बियाका गोलकिपर फार्यड मोन्ड्रागोन हुन्। उनले गत संस्करणको विश्वकप खेल्दा ४३ वर्षका थिए।
रसिया विश्वकपका सवैभन्दा युवा प्रशिक्षक सेनेगलका अलिइओउ सिसे हुन्। उनी ४२ वर्षका भए। सवैभन्दा पाका प्रशिक्षक उरुग्वेका ओस्कार ताबारेज ७१ वर्षका भए। सिसे र ताबारेजबीच २९ वर्षको अन्तर छ। रसिया विश्वकपका सवैभन्दा कान्छा खेलाडी अस्ट्रेलियाका विंगर ड्यानियल अर्जानी हुन्। उनी १९ वर्ष पाँच महिनका भए। रसिया विश्वकपका ७ सय ३६ खेलाडीको औषत उमेर २८ वर्ष छ। जुन विश्वकप इतिहासकै बढी हो।

३. इंग्लिस क्लब म्यानचेस्टर सिटीका १६ खेलाडी रसिया विश्वकपका लागि आफ्नो देशको राष्ट्रिय टिममा परेका छन्। यस्तै स्पेनिस क्लब रियल म्याड्रिडका १५ खेलाडी, बार्सिलोनाका १४ खेलाडी पनि टिममा परेका छन्। पिएसजी र टोटनह्यामका १२/१२ खेलाडीले पनि राष्ट्रिय टिममा स्थान पाएका छन्। रसिया विश्वकपमा इंग्ल्यान्डको लिग खेल्ने सर्वाधिक खेलाडी छन्। जसमा इंग्ल्यान्डमा लिग खेलेका १ सय २४, स्पेनिस लिग खेलेका ८१ र जर्मनीको लिग खेलेका ६७ जना खेलाडी राष्ट्रिय टिममा परेका छन्।
४. रसिया विश्वकपका लागि टिममा परेका मेक्सिकोका राफा मार्क्युज र अर्जेन्टिनाका जाभियर मास्चिरानो हाल विश्वकपमा बढी खेल खेल्ने खेलाडी हुन्। दुवैले १६/१६ खेले खेलेका छन्। जस्तै लिओनल मेसीले १५ खेल, मेसुट ओजिलले १४ खेल खेलका छन्। थोमस मुलर, म्यानुयल नेउर, सर्जिओ रामोस र क्रिस्टियानो रोनाल्डो विश्वकपका १३/१३ खेलमा मैदान उत्रिइसकेका छन्।

५.सन् २०१४ को विश्वकप ट्रफी उचालेका जर्मनीका ९ खेलाडी रसिया विश्वकपमा लागि छानिएका छन्। अर्जेन्टिना विरुद्ध फाइनल खेलेका चार खेलाडी यो पटक विश्वकप टिममा पर्न सकेनन्। जसमा निर्णायक गोल गरेका मारियो गोट्ज र पास उपलब्ध गराउने आन्द्रे सर्चेलले पनि छन्। यसअघि सन् २०१० विजेता स्पेनले सन् २०१४ विश्वकपमा ट्रफी उचालेका १६ खेलाडी समावेश गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?