पेट्रोल पम्पमा घण्टौं लाइन, आजदेखि इन्धन ढुवानी गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पेट्रोल पम्पमा घण्टौं लाइन, आजदेखि इन्धन ढुवानी गर्ने

सारांश

  • काठमाडौं ।
  • ट्याङ्कर चालकका आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि उपत्यकाका पेट्रोल पम्पमा बिहिबारदेखि सवारी साधनको घण्टौँ लाइन देखिएको छ ।
  • नाकाबन्दी सम्झाउने गरी पेट्रोल पम्प अघि सर्वसाधारण ग्यालिन र बोतल समेत लिएर लाइन बसेका थिए ।

काठमाडौं । ट्याङ्कर चालकका आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि उपत्यकाका पेट्रोल पम्पमा बिहिबारदेखि सवारी साधनको घण्टौँ लाइन देखिएको छ । नाकाबन्दी सम्झाउने गरी पेट्रोल पम्प अघि सर्वसाधारण ग्यालिन र बोतल समेत लिएर लाइन बसेका थिए । सर्वसाधारणले सानो हल्ला सुनेपनि पेट्रोलियम पदार्थ स्टक राख्ने गरेका कारण लाइन लागेको हो ।

चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोल, डिजेल बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले घण्टौँ लाइन बस्नुपरेको हो ।

चालकले विभिन्न माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि पेट्रोल पम्पलेसमेत भएको पेट्रोलियम पदार्थसमेत बिक्री नगरी सटर लगाएपछि अचानक अभाव चुलिएको हो । बिहिबार बिहानैदेखि खुलेका अधिकांश पेट्रोलपम्पमा सवारी साधन लाइन बसेका थिए ।

बुधबार स्वतन्त्र चालक संघर्ष समितिको आह्वानलाई समर्थन गरेका ट्यांकर चालकले शुक्रबारदेखि नियमित इन्धन ढुवानी गर्ने जनाएका छन् ।

भदौ १ बाट लागू भएको मुलुकी अपराध संहितालाई बहाना बनाएर ट्यांकरचालकले इन्धन ढुवानी नगर्दा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको हो।

बिहीबार थानकोट डिपोबाट ६ सय किलोलिटर पेट्रोल र ५ सय ५० किलोलिटर डिजेल बजारमा पठाएको निगमले जनाएको छ । उपत्यकामा भारतबाट दैनिक ७ सयदेखि ८ सय किलोलिटर पेट्रोलियम पदार्थ ल्याउने गरिएको छ । बिहीबार भने चालकको आन्दोलनका कारण १ सय किलोलिटरमात्र आयात भएको छ। बुधबार २ सय १० किलोलिटर आयात भएको थियो। लगातार दुई दिन आयात नभएपछि पेट्रोल स्टक घटेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?