सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

सारांश

  • जनकपुरधाम, २७ फागुन मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
  • पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका परमेश्वर महतो सुडीका ३० वर्षीय छोरा रूपेश महतो रहेका छन् ।

जनकपुरधाम, २७ फागुन मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका परमेश्वर महतो सुडीका ३० वर्षीय छोरा रूपेश महतो रहेका छन् । बीआर ३२ एस ४३५७ नम्बरको पल्सर मोटरसाइकलको ट्याङ्कीमुनिबाट प्वाल बनाई प्वालमा ढोका जस्तो नट कसेको देखिएपछि शंका लागेर प्रहरीले सो नट खोलेर हेर्दा ट्याङ्कीभित्रमा सेतो रङको प्लास्टिकमा बेरेको सुन र चाँदी बरामद भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

बरामद भएकामा सुनको बाला दुई थान र चाँदीको दाना नौ प्याकेट रहेका छन् । प्रहरी प्रधान कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बेलुका ५ः४५ बजे लोहना हुँदै भारततर्फ जान लागेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ

प्रहरी उपरीक्षक खनालका अनुसार सुन चाँदी व्यवसायी सङ्घबाट बरामद भएका सुन र चाँदी परीक्षण गराउँदा सुनको टुक्रा १०० ग्राम र चाँदी २५ किलोग्राम तौल रहेको छ । पक्राउ गरिएकालाई हिरासतमा राखी आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने कार्य भई रहेको जनाइएको छ । यस कारोवारमा अन्य को को संलग्न छन् भन्ने कुराको पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी
उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी
धनगढी उपमहानगरमा कांग्रेस विजयी, स्वतन्त्र उम्मेदवारले दिए निकटको टक्कर
धनगढी उपमहानगरमा कांग्रेस विजयी, स्वतन्त्र उम्मेदवारले दिए निकटको टक्कर
अलपत्र २८ नेपाली स्वदेश फिर्ता
अलपत्र २८ नेपाली स्वदेश फिर्ता
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव
बर्दियामा बामदेवको झिनो अग्रता
बर्दियामा बामदेवको झिनो अग्रता
बाढीका कारण विधुत, नहर र पोलहरु बगाएपछि स्वास्थ्य सेवा प्रभावित
बाढीका कारण विधुत, नहर र पोलहरु बगाएपछि स्वास्थ्य सेवा प्रभावित
किन गुफा र सुरुङ चहार्दै हिड्छन् कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ?
किन गुफा र सुरुङ चहार्दै हिड्छन् कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ?
केशव लम्साल  बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
केशव लम्साल बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै