सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
२२ पटक हेरिएको
Shares
सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

सारांश

  • ढोरपाटन ।
  • “यस्तो अनकन्टार ठाउँमा मोटरगाडी आउला भन्ने सोचेकै थिएनौँ, अहिले त सबै पाखापखेरामा गाडी दौडिरहेका छन्”, बागलुङको ढोरपाटन नगरपालिका–८ का वीर्खमान सुनारले सुनाए ।
  • गाउँमा यी बाटामा दैनिक गुड्ने सवारीले उनी जस्ता धेरैको समस्या थोरै भए पनि समाधान गरिदिएको छ ।

ढोरपाटन । “यस्तो अनकन्टार ठाउँमा मोटरगाडी आउला भन्ने सोचेकै थिएनौँ, अहिले त सबै पाखापखेरामा गाडी दौडिरहेका छन्”, बागलुङको ढोरपाटन नगरपालिका–८ का वीर्खमान सुनारले सुनाए ।

गाउँमा यी बाटामा दैनिक गुड्ने सवारीले उनी जस्ता धेरैको समस्या थोरै भए पनि समाधान गरिदिएको छ । किनभने सडकको सहज पहुँचले केही सुविधा पनि ल्याइदिएको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सुदूरपश्चिममा रहेको बोबाङ गाउँ डेढ एकदशक अगाडिसम्म मोटरबाटो पुगेको थिएन । यहाँ घोडा र खच्चडकै भरमा सामान ढुवानी हुन्थ्यो । तर अहिले मोटरगाडीले सामान ढुवानी गर्न थालेका छन् । दलित र जनजातिको बाहुल्यता रहेको बोबाङमा सडकको पहुँले दैनिकी फेरिदिएको छ ।

गाडी गुड्न थालेपछि यहाँका नागरिकले शिक्षा, स्वास्थ्य तथा यातायातमा राम्रो सेवा पाउने भएका छन् । बहुप्रतिक्षित ढोरपाटन शिकार आरक्षको प्रवेशमार्ग सालझण्डी ढोरपाटन सडक गाउँको मध्य भागबाटै ढोरपाटनसँग जोडिएको हो ।

विसं २०६६ यता सडक पुगेपछि पनि अहिले पनि यदाकदा घोडामै सामान ढुवानी हुने गरेको छ । तर पहिलेको तुलनामा निकै कम मात्रै छ । यहाँका धेरैजसो नागरिक घुम्ती बसाइँ गर्ने गर्छन् । वर्षातको समय ढोरपाटन (लेक) र हिउँदको समय बोबाङ (औँल)मा बस्ने गर्छन् ।

गाउँमा अपेक्षाकृत विकास नभए पनि सडक सञ्जाल जोडिएपछि पहिलेको तुलनामा निकै परिवर्तन आएको वीर्खमानको भनाइ छ । यहाँका नागरिक खेतीपाती र पशुपालनमै निर्भर छन् ।

स्थानीय पनि शिक्षित र सचेत बन्दै गएको ढोरपाटन नगरपालिका–८ का पूर्वअध्यक्ष नन्दे सुनारको भनाइ छ । उनले सडकका कारण जनजीवनमा पनि ठूलो परिवर्तन आएको बताए ।

सालझण्डी–ढोरपाटन सडकले बोबाङ गाउँ मात्रै नभइ सिङ्गो भूजीखोलावासी नै लाभग्राही बनेका छन् । स्थानीय मीना विकले नून, चामल बुटवल, पत्थरकोटबाट बोकेर उपभोग गरेको अनुभव सुनाए । अहिले घरमै चाहिएका सबैथोको पाइने बताए ।

उनले भने, “बुर्तिबाङ सडक नआउँदासम्म यस ठाउँका मान्छेले बटौली, तम्घास, चोरकाटेबाट नून, तेल र चामल बोकेर ल्याउँथे, बटौली पुग्न दुई साता लाग्थ्यो, अहिले त एक दिन पनि लाग्दैन, पहिलेको जस्तो नून तेल ल्याउन जानुपर्दैन ।”

बोबाङ गाउँ नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार पनि हो । सडकले ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ र सिमी बजारीकरणमा सहज बनाइ दिएको स्थानीय प्रेम घर्तीमगरले बताए । सडक सञ्जालले नजोडिदा यहाँ उत्पादन हुने कृषि उपज वस्तु खेरगइरहेको भन्दै अहिले स्थानीयवासीले सहजै बजार पु-याएर आम्दानी गर्न थालेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेल, गाडी र पानीजहाज यसै प्रदेशबाट चल्छः प्रधानमन्त्री
रेल, गाडी र पानीजहाज यसै प्रदेशबाट चल्छः प्रधानमन्त्री
युभेन्ट्सका तीन स्टार खेलाडी टिम बाहिर!
युभेन्ट्सका तीन स्टार खेलाडी टिम बाहिर!
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने
पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
‘नेपाल–भारत सम्बन्ध सही ‘ट्रयाक’मा छ’
‘नेपाल–भारत सम्बन्ध सही ‘ट्रयाक’मा छ’
सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु
सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु
चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा कोइराला
चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा कोइराला
चोभारबाट पेस्तोल र गोलीसहित ३ जना पक्राउ
चोभारबाट पेस्तोल र गोलीसहित ३ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?