फेरि किन अाउँदैछन् मोदी नेपाल भ्रमणमा ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
फेरि किन अाउँदैछन् मोदी नेपाल भ्रमणमा  ?

सारांश

  • काठमाडाैं, ८ असाेज ।
  • भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदी मंसिरको दोस्रो साता पुनः नेपाल भ्रमणमा आउने भएका छन् ।
  • पछिल्लो चार वर्षमा मोदीको यो पाचौँ भ्रमण हुने छ भने यस बर्ष हुन लागेको तेस्रो पटकको आगमन हुनेछ ।

काठमाडाैं, ८ असाेज ।भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदी मंसिरको दोस्रो साता पुनः नेपाल भ्रमणमा आउने भएका छन् । पछिल्लो चार वर्षमा मोदीको यो पाचौँ भ्रमण हुने छ भने यस बर्ष हुन लागेको तेस्रो पटकको आगमन हुनेछ । भारतीय न्युज एजेन्सी एएनआईअनुसार मोदी यसपटकको गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणका लागि आउन लागेका हुन् ।

१२–१३ मंसिरमा मोदीले नेपाल भ्रमण गर्ने तयारी गरेको छ । मोदीको यो राजकीय भ्रमण हुने दुतावास स्रोतले जनाएको छ । २०७१ जेठमा भारतको १४ औँ प्रधानमन्त्री बनेपछि उनले पहिलो पटक नेपालको भ्रमण गरेका थिए ।

यसअघि गत १४–१५ भदौमा काठमाडाैंमा भएको बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शीखर सम्मेलनमा भाग लिन आएका थिए ।त्यसअघि बैशाखको अन्तिम साता धार्मिक भ्रमणमा आएका मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेका थिए । त्यसअघि १८–१९ साउन २०७१ मा मोदीको पहिलो नेपाल भ्रमण भएको थियो ।

त्यसलगत्तै मोदी त्यसै वर्ष (२०७१- १०–११ मंसीमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनको सिलसिलामा नेपाल आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?