ललिता निवास प्रकारण: चार व्यक्तिको रिट खारेज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
ललिता निवास प्रकारण: चार व्यक्तिको रिट खारेज

सारांश

  • काठमाडौँ ।
  • ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ ।
  • सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज उक्त प्रकरणमा संलग्न भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह तथा नापी कार्यालयका पूर्वकर्मचारीद्वय धर्मप्रसाद गौतम र टिकाराम घिमिरेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गरेको हो ।

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज उक्त प्रकरणमा संलग्न भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह तथा नापी कार्यालयका पूर्वकर्मचारीद्वय धर्मप्रसाद गौतम र टिकाराम घिमिरेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गरेको हो ।

अदालतले निजहरूको रिट निवेदन खारेज गरेसँगै मुद्दाको अन्तिम किनारा नलागेसम्म उनीहरू हिरासतमै बस्नुपर्नेछ । ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिका बनाउने क्रममा सरकारी दस्तखत तथा कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका निजहरूले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

त्यसैगरी सोही प्रकरणमा आफूहरूलाई पक्राउ नगर्न माग गर्दै अन्तरिम आदेश पाएका १७ जनाले पाएको आदेशले निरन्तरता पाउन सकेन । अन्तरिम आदेश खारेज भएसँगै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । उनीहरू विरुद्ध प्रहरीले भ्याकेट निवेदन दर्ता गराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
चैत ९ गतेको राशिफल थाहा पाउनुस्
सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग
सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग
अस्ट्रेलियन सांसदले गरिन् बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह
अस्ट्रेलियन सांसदले गरिन् बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह
अन्तत: यसरी मिलेको थियो ओली–प्रचण्डबीच कुरो !
अन्तत: यसरी मिलेको थियो ओली–प्रचण्डबीच कुरो !
विदेशी माफियाको चक्करमा फसेकै हुन् त डा. गोविन्द केसी ?
विदेशी माफियाको चक्करमा फसेकै हुन् त डा. गोविन्द केसी ?
थवाङ,दार्चुला,बझाङ को ताजा पारीणाम
थवाङ,दार्चुला,बझाङ को ताजा पारीणाम
पल शाहलाई थुनामा पठाउनुको कारण सहितको प्रतिवेदन उपलव्ध गराउन आदेश
पल शाहलाई थुनामा पठाउनुको कारण सहितको प्रतिवेदन उपलव्ध गराउन आदेश

तपाईंले छुटाउनुभयो कि?