वर्षमान पुनकी आमामाथि गोली प्रहार

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०८०
|
|
२० पटक हेरिएको
Shares
वर्षमान पुनकी आमामाथि गोली प्रहार

सारांश

  • काठमाडौं, २ वैशाख ।
  • माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ ।
  • उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

काठमाडौं, २ वैशाख । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ ।

उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशलाई शुक्रबार राति नै नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालय नक्सालमा ल्याएर अनुसन्धान थालिएको छ । प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अगुवा गाडीमा बस्ने प्रहरी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?