जनताको चाहना पूरा गर्न सरकार अघि बढ्दै : कावा प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • हेटौँडा ।
  • कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको मार्गमा सरकार अगाडि बढ्न चाहेको बताएबका छन् ।
  • मकवानपुर भीमफेदीस्थित महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै पोखरेलले भने, “मुलुकको विकास र समृद्धि नेपाली जनताको चाहना भएकाले यसलाई पूरा गर्नेतर्फ सरकार योजनाबद्ध ढङ्गबाट अगाडि बढिरहेको छ ।

हेटौँडा । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको मार्गमा सरकार अगाडि बढ्न चाहेको बताएबका छन् ।

मकवानपुर भीमफेदीस्थित महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै पोखरेलले भने, “मुलुकको विकास र समृद्धि नेपाली जनताको चाहना भएकाले यसलाई पूरा गर्नेतर्फ सरकार योजनाबद्ध ढङ्गबाट अगाडि बढिरहेको छ ।”

उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका कार्यवाहक प्रधानमन्त्री पोखरेलले समयसापेक्ष वैज्ञानिक शिक्षा नीति आजको आवश्यकता हो भन्दै सोहीअनुरुप सरकारले व्यावहारिक शिक्षा सबै स्थानीय तहमा सञ्चालन गर्ने योजनाका साथ अगाडि बढेको बताए ।

सामुदायिक विद्यालयभित्र देखिएका विभिन्न समस्या तथा चुनौतीलाई वर्तमान सरकारले अन्त्य गर्ने बताउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको अभियानमा सहयोग र सहकार्यमा गर्न सबैमा आग्रह गरे ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदीको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?