नोबेल शान्ति पुरस्कार’: प्रचण्ड कि पूर्वराजा ज्ञानेन्द्रलाई ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नोबेल शान्ति पुरस्कार’: प्रचण्ड कि पूर्वराजा ज्ञानेन्द्रलाई ?

सारांश

  • काठमाडौं,  ९ असाेज ।
  • नेपाल कम्युनिस्ट पार्टी एमालेसँग एकीकरण गरेपछि शान्तिपूर्ण राजनीतिमा आएको सन्देश दिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे नयाँ फन्डा बजारीकरण भएको छ ।
  • त्यो हो–उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिने फन्डा ।

काठमाडौं,  ९ असाेज । नेपाल कम्युनिस्ट पार्टी एमालेसँग एकीकरण गरेपछि शान्तिपूर्ण राजनीतिमा आएको सन्देश दिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे नयाँ फन्डा बजारीकरण भएको छ । त्यो हो–उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिने फन्डा । राजनीतिक जीवनको तीन दशकमा दशौं हजारको लासमाथि उभिएर शान्ति प्रक्रिया हुँदै एमालेमा बिलाएका प्रचण्डको राजनीतिक जीवन भने आत्मकेन्द्रित हुँदै गएको छ ।

परिवारका सबै सदस्यलाई हरेक तह र तप्कामा सेट गरिसकेका उनले नेकपा मुख्यालय धुम्बाराहीमा सहाना प्रधानको स्मृति दिवसमा भने–‘हामी नेताहरू आत्मकेन्द्रित भयौं !’ कम्युनिस्ट राजनीतिको लामो यात्राका क्रममा उनीजत्तिको आत्मकेन्द्रित नेता अरु कोही पनि भएका छैनन् । पूर्वएमालेहरू आफु बने पनि परिवारका सबै सदस्यलाई उपल्ला तहमा लगाउन चुकेको कारण हो–परिवारवादी प्रवित्तिले सेलाउने राजनीति । तर, प्रचण्ड त्यसमा पनि चुकेनन् । उनैलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न अहिले सरकारलाई दबाब दिन थालिएको छ । उच्च स्रोतले भन्यो,‘राजनीतिको पृष्ठभुमी र उनले गरेका हत्कण्डाले पुरस्कार पाउने त कुरै आउँदैन, सिफारिस गर्न पनि मिल्दैन ।’

प्रचण्डका टाउकामा तत्कालिन युद्धमा मारिएका १७ हजार, अंगभंग भएका २० हजार, वेपत्ता परिवारको मात्र अभियोग छैन, मधेस आन्दोलनमा मारिएका सय भन्दा बढीको लासको राजनीति, गौर हत्याकाण्डको नेतृत्व गरेको अभियोग पनि छ । यस्ता कयन अभियोगका कारणले नै उनी कतिपय देशमा मुद्दा चल्ने त्रासले भ्रमण जान सकेका छैनन् । अस्ट्रेलिया भ्रमणमा जान लागेकै बेला अन्तर्राष्ट्रिय अपराध अदालत ‘हेग’ मा मुद्दा लाग्ने भएपछि उनी रोकिएका थिए । यस्तो बेलामा सरकारले भुलेर पनि उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस नगर्ने एकजना मन्त्रीले बताए । ‘यो कार्यकर्ताले चलाएको हल्ला हुनुपर्छ यस्तो हल्लाका पछाडी नलाग्नुहोला ।’

शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियाका सबै चरण पार गरी आम निर्वाचनसहित संघीय संरचनाको नेपाल निर्माणमा उनको भुमिकालाई नजरअन्दाज नगरी उक्त पुरस्कारका लागि सिफारिस गरिदिन सिफारिस गरिएको थियो । सत्यनिरुपण तथा मेलमिलाप आयोगले मिलाउनुपर्ने कतिपय युद्धकालका घटनामा समाधान भइनसकेको अवस्था, सर्वोच्च अदालतले दोषी गरेकालाई स्वच्छ छविको भनेर रिहाई दिएको विषयमा विवाद भइरहेका बेला प्रचण्डलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न नहुने तर्क र व्यंग्य धेरैतिरबाट आउन थालेका छन् ।

युद्ध अपराधका बाछिटा लागेका उनले वेपत्ता र सहिदका परिवारलाई अहिलेसम्म पनि भनेजस्तो राहत दिन सकेका छैनन् । प्रचण्डले चुनावी सभामा बाँदरमुढेका जनतासँग दुई बुँदे सहमति गरी भोट आफुतिर पारे पनि त्यसको पनि कार्यान्वयन हुन सकेको छैन । ‘माओवादी आन्दोलनको मर्म र भावनालाई कुल्चेर हिँडेका प्रचण्डले कसरी नोबेल शान्ति पुरस्कारको सिफारिस मोह राखे ? यो एउटा फन्डामात्र हो, माओवादीलाई विसर्जन गर्ने तत्वले राजनीतिक हिसाबमा दन्ड पाउँछन्’, एक पूर्वमाओवादी नेताले भने ।  पूर्व सांसद तथा पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेललाई प्रचण्डको दबाबमा दिइएको आममाफीका विषयमा संसदमा नै चर्चा भएको थियो । नेपाली कांग्रेसका नेता गगन थापाले यस विषयमा संसदमा बोल्दा प्रचण्डको अनुहार उदास देखिएको थियो । छापामार युद्धमा लागेका लडाकुलाई अयोग्य ठहर गर्दै शान्ति प्रक्रियाका नाममा राजनीतिक उचाईमा पुराउने ठूलो जमातलाई नै बेवास्ता गरेका प्रचण्ड सोही युद्धअपराधको सूचीबाट नहटाइएका कारण अमेरिका जान सकेका छैनन् ।

युद्धमा विस्थापित भएका हजारौं मानिस अमेरिकामा छन् । युद्धको नेतृत्व गरेका मध्ये एकजना डा. बाबुुराम भट्टराई शालिन राजनीतिमा आएर अमेरिका पुग्दासमेत उनीविरुद्ध ‘मडरर’ को कालो तुल देखाइयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रचण्डका लागि नोबेल शान्ति पुरस्कारको माग गरेको सुन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका व्यंग्यात्मक टिप्पणी लेखेर भने,‘प्रचण्डजीलाई नोबेल पुरस्कारको माग सुनियो । एक सल्लाह मैले सुनें । के त्यो भने नोबेल पुरस्कार सम्माननिय महान् ‘शान्तिकामी सर्वहारा’ तथा अयोग्यलाई योग्य बनाउन सक्ने महान ‘भ्रष्टाचारविरोधी शिखर पुरुष र दुई तिहाईका ढुकढुकी प्रचण्ड र ओली दुवैलाई दिए कसो होला ?’

अहिले भारतसँग नजिक देखिएका प्रचण्डलाई चीनले पनि पत्याएको छैन । भारतबाट आउनासाथ चीन भ्रमणमा गएका उनले भनेजस्तो स्वागत र सम्मान पाएनन् । दुवै छिमेकीलाई समदुरीमा राख्छु भन्ने उनलाई भारतले ‘प्यारो’ भने पनि चीनले खासै चासो दिएन । चीनले महत्व नदिनुको कारण त्यहाँका राष्ट्रपति सी जिन पिङ उनी पुगेकै दिन रसिया भ्रमण जानु र देशमा रहेका प्रधानमन्त्रीले भेट नदिनु पनि हो । ‘राजनीतिक र कुटनीतिक रूपमा प्रचण्डको कुनै महत्व छैन । नेकपाभित्र खेल्नका लागि भारतीय पक्षले उनलाई बोकेको छ । यहि आधारमा उनले नोबेल शान्ति पुरस्कार पाउने वा सिफारिसमा पर्ने हो त ?’, पूर्वमाओवादी नेता प्रश्न गर्छन्,‘त्यसका लागि सही व्यवस्थापन गर्न सक्ने क्षमता हुनुपर्छ ।’

वर्गीय क्रान्तिको शंखघोष गरी जातिय आन्दोलनलाई बढावा दिएका प्रचण्डले हज्जारौं लडाकुका सपना, छापामारलाई पीडित बनाउने काम गरेको आरोप लागेको छ । यतिमात्र होइन, लडाकु क्याम्पको भ्रष्टाचार, अर्बौं रकम हिनामिनाको विषयमा पनि पूर्वमाओवादीले सवाल उठाउने भएका छन् जसले उनको नोबेल पुरस्कारको सपनामा तुँवालो लगाइसकेको छ । विश्वको इतिहासमा राजतन्त्रको अन्त्य निकै दुःखद रहेको इतिहास छ । राजतन्त्र अन्त्यका लागि कयौं हजार जनताले बली चढाउनु परेको इतिहास छ । तर, नेपालका अन्तिम पूर्व राजा ज्ञानेन्द्र शाहले रक्तपातविना नै दुई सय ४० बर्ष लामो आफ्नो राजतन्त्रको इतिहास जनतालाई सुम्पे । न मुलुक छाडेर भागे, न जनताविचबाट टाढा भए, त्यसकारण पनि नोबेल शान्ति पुरस्कारको हक दावी पूर्वराजा ज्ञानेन्द्रलाई लाग्छ, प्रचण्डलाई हैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस
काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि
एम्बुलेन्स दुर्घटनाः पाँच घाइते
एम्बुलेन्स दुर्घटनाः पाँच घाइते
चीनले कसरी चुन्छ राष्ट्रपति ?
चीनले कसरी चुन्छ राष्ट्रपति ?
Checkout the inside pictures of Rubina Dilaik and Abhinav Shukla’s Ring ceremony!
Checkout the inside pictures of Rubina Dilaik and Abhinav Shukla’s Ring ceremony!
आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
आज राष्ट्रियसभाको बैठक बस्दै
आज राष्ट्रियसभाको बैठक बस्दै
बजेटका सिद्धान्त र प्राथमिकता विगतकै निरन्तरता : लामिछाने
बजेटका सिद्धान्त र प्राथमिकता विगतकै निरन्तरता : लामिछाने

तपाईंले छुटाउनुभयो कि?