‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,७ साउन ।
  •   पछिल्लो समय सरकार आईटी (इन्फरमेशन टेक्नोलोजी) मा निकै दख्खल राख्दै आम सर्वसधारणमा सूचना प्रवाहमा सामाजिक सञ्जालको प्रयोग बढ्दो छ ।
  • प्रधानमन्त्री मातहतको हेलो सरकारले सामाजिकसञ्जाल ट्वीटरमार्फत नै धेरै जनताका उजुरी सुन्ने तथा समस्याको समाधान गर्दै आएको छ ।

काठमाडौं,७ साउन ।  पछिल्लो समय सरकार आईटी (इन्फरमेशन टेक्नोलोजी) मा निकै दख्खल राख्दै आम सर्वसधारणमा सूचना प्रवाहमा सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । प्रधानमन्त्री मातहतको हेलो सरकारले सामाजिकसञ्जाल ट्वीटरमार्फत नै धेरै जनताका उजुरी सुन्ने तथा समस्याको समाधान गर्दै आएको छ । आम जनतामाँझ सूचना प्रभावहको प्रभावकारी साधन बनेको सामाजिक सञ्जाल दुरुपयोग गरेर सरकारका विरुद्धमा जनतालाई भड्काउने काम हुन थालेको छ । अरु त परैजाओस् प्रधानमन्त्री केपी ओलीकै नक्कली ट्वीटर बनाएर सरकारको काम कारवाहीका विरुद्धमा खिल्ली उडाउने र व्यङ्ग गर्न थालेपछि सामाजिक सञ्जाल दुरुपयोगको यो भन्दा अर्को नमुना के होला ? प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कली ट्वीटर एकाउन्ट बनाएर आम जनतालाई भ्रम पार्ने काम हुँदा समेत कुनै कारवाही हुन सकेको छैन ।

सन् २०१८ को फ्रेबुअरीमा तयार गरिएको, प्रधानमन्त्री केपी शर्मा ओली र प्रम ओलीकै पुरानो एकाउन्टलाई मात्रै फलो गरिएको ट्वीटर एकाउन्टमा डा गोविन्द केसीको पक्षमा प्रचार गरिएको छ । पछिल्लो पटक पोष्ट गरिएको स्टाटसमा लेखिएको छ ‘त्याँ मिडियामा सप्पै डा केसीको समर्थनमा लेखेको ट्वीट घुमिरा’छ । मन्त्री भएपछि पुराना ट्वीट डिलिट गर्नु पर्दैन ?’ केही समयअघि प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले यसअघिको डा गोविन्द केसीको अनसनको सम्बन्धमा लेखेको स्टाटस सञ्चार माध्यमका लागि स्रोत बनेकोमा व्यङ्ग्यात्मक प्रस्तुती गरेको देखिएको छ ।
कूल एक हजार दुई सय ९५ जना फलोअर भएको ट्वीटर एकाउन्टमा केही समयअघि पोष्ट गरिएको स्टाट यस्तो छ, ‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा म धेरै खुसी छु । “मरे हुन्थ्यो“ भन्ने चाहना भएपनि हाम्रो पार्टीले खुल्लमखुल्ला भन्न नसकेको अवस्थामा , दुर्गाजीले हिम्मत देखाउनु भएकोमा सलाम छ । उहाँलाई बहादुरी पदक दिनको लागी राष्ट्रपति समक्ष अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीको ब्यानर फोटो कपी गरेर बनाइएको नक्क्ली एकाउन्ट हुबहु समेत भएकाले आम सर्वसधारणले ठ्याक्कै चिन्न समेत मुस्किल पर्ने नक्कली एकाउन्ट बनाएर प्रधानमन्त्रीकै बद्नाम गर्दा समेत प्रधानमन्त्री कार्यालयका आईटी विभागका अधिकारीहरुको ध्यान पुग्न सकेको छैन । नक्कली एकान्ट ट्वीटरबाटै ‘प्यारोडी फन’ को लागि स्वीकृति लिएकाे उल्लेख गरिएको ट्वीटर एकाउन्ट कहाँबाट कसले सञ्चालन गरेको हो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Ramesh Tamang

    Good

    Comment Author

    Ram Bahadur Tharu

    Shikhar news kp olikai ho ta?

    Comment Author

    Janak Shahai

    tyo kutta pasu durga parsaie marayo ki kya ho

    Comment Author

    JN Marasini

    oli सरकार ब्य्क्ती ले के माग्छ उसको पछाडि नलाग ? तीन करोड जन्ताको हितमा काम गर ?

    Comment Author

    Narendra Tandan

    जनता को लागि राजनीति गरेको हो।सरकार केसी को माग पूरा गर।

    Comment Author

    Nabin Puri

    कृष्ण अधिकारी मर्दा त कोहिबोलेन त

    Comment Author

    Sapkota Ghanashyam

    भ्रष्टाचार गर्ने र पैसा आउने ठाउँ भए कसैले पनि छाड्ने थिएनन।क्यरे गाउँ घरमा हलो जोत्ने भारी बोक्ने जनतालाई कार्वाही मात्रै गर्ने त हुन सबैले।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?