चीनले कसरी चुन्छ राष्ट्रपति ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
५९ पटक हेरिएको
Shares
चीनले कसरी चुन्छ राष्ट्रपति ?

सारांश

  • असोज २९ – हरेक पाँच वर्षमा विश्वको ध्यान चीनको राजनीतिले तान्ने गर्दछ ।
  • सत्तारुढ कम्युनिस्ट पार्टीको कंग्रेसतर्फ सबैको ध्यान जाने गर्दछ ।
  • यही सम्मेलन अर्थात कंग्रेसले कम्युनिस्ट पार्टीको नेतृत्व कसले गर्दछ भन्ने कुराको निर्णय गर्दछ ।

असोज २९ – हरेक पाँच वर्षमा विश्वको ध्यान चीनको राजनीतिले तान्ने गर्दछ । सत्तारुढ कम्युनिस्ट पार्टीको कंग्रेसतर्फ सबैको ध्यान जाने गर्दछ ।

यही सम्मेलन अर्थात कंग्रेसले कम्युनिस्ट पार्टीको नेतृत्व कसले गर्दछ भन्ने कुराको निर्णय गर्दछ । जसले कम्युनिस्ट पार्टीको कमाण्ड मात्रै होइन, चीनको एक अर्ब तीस करोड नागरिकको सरकार प्रमुखको भूमिका निर्वाह गर्दछन् । त्यति मात्रै होइन, तीनै व्यक्तिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र पनि सम्हाल्नेछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेसन आउँदो अक्टोबर १९ देखि सुरु हुँदैछ । यसै सम्मलेनमार्फत चीनको नेतृत्व परिवर्तनको अपेक्षा गरिएको छ । तर यसपलट भने राष्ट्रपति सि जिनपिङलाई नै दोहोर्‍याइने सम्भावना रहेको  छ ।

कंग्रेसले के गर्दछ ?

मध्य अक्टोबरमा कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी) ले देशभरबाट प्रतिनिधि नियुक्त गर्दछ । त्यसपछि बेइजिङको ग्रेट हलमा बैठक बस्नेछ ।
पार्टीमा दुई हजार तीन सय प्रतिनिधि रहेका छन् तर यसपल्ट १३ जना अनैतिक व्यवहारका कारण सम्मेलनमा सहभागी नहुने भएका छन् । बन्दसत्र आयोजन गरेर सिपिसीको शक्तिशाली सेन्ट्रल कमिटीको चुनाव हुने गर्छ । सेन्ट्रल कमिटीमा झण्डै २ सय सदस्य हुन्छन् । यही कमिटीले पोलिटब्युरोको चयन गर्दछ । पोलिटब्युरोले नै स्थायी समितिको चयन गर्दछ । यही दुई कमिटी चीनमा निर्णय लिने निकाय हुन् । पोलिटब्युरोमा अहिले २४ जना सदस्य रहेका छन् । स्थायी समितिमा सात जना सदस्य रहेका छन् तर सदस्यको संख्या भने वर्षेनि परिवर्तन गर्न सकिन्छ ।

भन्नलाई त यो एउटा मतदान प्रक्रिया नै हो तर नेतृत्वमा कसलाई राख्ने भन्ने कुरा पहिले नै तय भैसकेको हुन्छ । औपचारिकताका लागि मात्रै बैठक बस्ने गरेको बताइन्छ । सेन्ट्रल कमिटीले पार्टीको शीर्ष नेतृत्व महासचिवको चुनाव पनि गराउँछ । जो पार्टीको महासचिव हुन्छ त्यही नै देशको राष्ट्रपति हुन्छ । यसपल्ट सि जिनपिङ नै राष्ट्रपतिमा दोहोरिने समभावना छ ।

यसपल्ट के हुँदैछ ?

१९ औँ महाधिवेशनमा सि जिनपिङले आगामी पाँच वर्षका लागि चीनको नीति कस्तो हुनेछ भनेर एउटा विस्तृत रिपोर्ट पेश गर्नेछन् । यसमा विश्लेषकले आ–आफ्ना विचार राख्नेछन् । त्यस्तै अहिलेको सममलेनमा पोलिटब्युरो र स्थायी समितिको पुरै बदलाव ल्याउने तयारी भएको पनि बताइएको छ ।

पछिल्ला केही वर्षमा पार्टीले विभिनन पदका लागि उमेरको हदबन्दी लगाएको छ । त्यसैले ६८ वर्ष उमेर पार गरेका धेरै नेताहरुले पोलिटब्युरो सदस्यबाट छुटकारा पाउनेछन् । यसमा भ्रष्टाचार विरोधी एजेन्सीका प्रमुख वाङ किसाङ पनि सामेल छन् । किसाङ राष्ट्रपतिका नजिकका व्यक्ति भएकाले पनि उनलाई निरन्तरता दिइन सक्नेछ ।

सि जिनपिङको शक्ति

जब सि जिनपिङ सन् २०१२ मा सत्ताको बागडोर सम्हाल्न आए उनले आफनो शक्ति बढाएका छन् । उनलाई विभिन्न ‘टाइटल’ बाट चिनिन थालेको छ । उनलाई ‘कोर लिडर अफ चाइना’ का नामले चिनिन्छ । उनलाई माओ त्सेतुङजस्ता नेताको पंक्तिमा खडा गरिएको छ । कंग्रेसमा पनि सि जिनपिङका सहयोगी धेरै भएकाले पार्टी चार्टरमा उनलाई आफ्ना नीतिहरु स्थापित गर्न सजलो हुने बताइएको छ ।

यदि यस्तो भयो भने चीनको राजनीतिक इतिहासमा सि जिनपिङ माओकै स्तरमा पुग्नेछन् । उनले राष्ट्रपतिको दुई कार्यकालको सीमा बढाउन सक्ने पनि सम्भावना रहेको छ । उनले सन् २०१२ मा राष्ट्रपति भएपछि भ्रष्टाचार विरोधी अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाएका छन् । उनको कार्यकालका १० लाखभन्दा बढी अधिकार  कारबाहीमा परेका छन् । सि जिनपिङका कामले गदौ चीनका मिडियामा उनको छवि चम्किएको छ ।

यसले अरुलाई के अर्थ राख्दछ ?

विश्लेषकहरुका अनुसार पार्टीका विभिन्न विभागमा फेर।बदल आए पनि चिनियाँ विदेश नीतिमा भने परिवर्तन हुने छैन । सिकै कार्यकालमा दक्षिण चीन सागर र ‘वन बेल्ट वन रोड’ जस्ता महत्वपूर्ण आयोजनाहरुको खाका कोरिएकाले दोस्रो कार्यकालमा यी योजनाले पूर्णता पाउने आशा गरिएको छ ।

अहिले डोनाल्ड ट्रम्पले अमेरिकालाई सुपरपावरका रुपमा चिनाउन खोजे पनि चीनले पनि आफूलाई वैकल्पिक सुपरपावरका रुपमा चिनाउँदै आएको छ । तर पनि कोरियाली प्रायद्विपमा बढिरहेको परमाणु संकटलाई सम्बोधन गर्न चीनले कस्तो नीति अपनाउने हो त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)
नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
कुखुराको मासु र परिकार बिक्री केन्द्र स्थापना हुने
कुखुराको मासु र परिकार बिक्री केन्द्र स्थापना हुने
टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
मतदाता परिचयपत्र वितरण शुरु
मतदाता परिचयपत्र वितरण शुरु
मन्त्री गोकर्ण विष्टको निर्देशन टेरेनन् कर्मचारी, अब के हुन्छ ?
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या
पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या