सन्दिप र ललितले दिए थाइल्याण्डलाई सुरुवाति ३ झट्का !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सन्दिप र ललितले दिए थाइल्याण्डलाई सुरुवाति ३ झट्का !

सारांश

  • काठमाडाैँ २१ असाेज ।
  • टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा  नेपाल विरुद्ध १ सय ७३ रनकाे लक्ष्य पछ्याइरहेकाे थाइल्याण्डलाई सुरुवाति ३ झट्का लागेकाे छ ।
  • चाैथाे अाेभरकाे खेल चलिरहँदा मात्र ६ रन मै थाइल्याण्डले तीन विकेट गुमाएकाे हाे ।

काठमाडाैँ २१ असाेज । टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा  नेपाल विरुद्ध १ सय ७३ रनकाे लक्ष्य पछ्याइरहेकाे थाइल्याण्डलाई सुरुवाति ३ झट्का लागेकाे छ । चाैथाे अाेभरकाे खेल चलिरहँदा मात्र ६ रन मै थाइल्याण्डले तीन विकेट गुमाएकाे हाे । नेपालका लागि सन्दिप लामिछानेले २ र ललित राजवंशीले १ विकेट लिएका छन् ।

५ अाेभरकाे खेल सकिँदा थाइल्याण्ड ३ विकेटकाे क्षतिमा १३ रन बनाएर खेलिरहेकाे छ ।

यसअघि पहिले ब्याटिङ् गरेकाे नेपालले करन केसीकाे अाक्रामक पारीकाे मदतले ७ विकेटकाे क्षतिमा १ सय ७२ रन बनाएपछि थाइल्याण्डले १ सय ७३ रनकाे लक्ष्य पाएकाे थियाे । नाै नम्बरमा ब्याटिङ् गर्न अाएका करनले मात्र १४ बलमा ४ छक्का र २ चाैका प्रहार गर्दै ४० रन बनाएका थिए ।

राम्राे सुरुवात पाएकाे नेपालले लय कायम गर्न नसक्दा बिचमा भड्किएकाे थियाे । २ विकेटकाे क्षतिमा ९९ रन बनाएकाे नेपालले त्यसपछिकाे २९ रनमा लगातार ५ विकेट  गुमाएकाे थियाे । नेपालका लागि करन केसीले ४० रन बनाउनु बाहेक सरद भेषावकरले ३३, दिपेन्द्र सिँह एेरीले ३० र अनिल कुमार शाहले २५ रन बनाए । त्यस्तै विनाेद भण्डारीले १५ रन बनाउनु बाहेक अन्यले दाेहाेराे अंककाे रन बनाउन सकेनन् । थाइल्याण्डका लागि पायुपुथ सुङ्नार्ड एक्लैले ४ विकेट लिए ।

थाइल्याण्ड र नेपाल दुवै अपराजित यात्रामा छन् । तीन खेल खेलेको थाइल्याण्ड दुई खेलमा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा छ । थाइल्याण्डको एउटा खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो । त्यस्तै नेपाल दुई खेलबाट चार अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा म्यानमारलाई आठ विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई पनि आठ विकेटले नै पराजित गरेको थियो । तीन खेलमध्ये सबैमा जित हाँसिल गरेको सिंगापुर अंकतालिकाको शिर्ष स्थानमा छ ।

नेपालले अब भुटान, चीन र सिंगापुरसँग खेल्न बाँकी छ । यस प्रतियोगिताबाट शिर्ष तीनमा रहने टोली अर्को चरणको छनोट प्रतियोगिता खेल्नेछन् । अर्को समूह ए बाट भने युएइ, कतार र कुवेत दोस्रो चरणको छनोट प्रतियोगितामा स्थान बनाएका छन् । एसिया छनोट प्रतियोगिताबाट दुई टोलि विश्वव्यापि छनोट प्रतियोगितामा भाग लिन पाउनेछन् । जहाँ जम्मा १४ टोली सम्मिलित हुनेछन् र शिर्ष ६ टोलि २०२० मा हुने टि ट्वान्टि विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछन् ।

(Provigil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?