बुटवल मिलनचाेकमा बम बिष्फाेट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २९, २०७९
|
|
१९ पटक हेरिएको
Shares
बुटवल मिलनचाेकमा बम बिष्फाेट

सारांश

  • बुटवल।
  • स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ।
  • बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो।

बुटवल। स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ। बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो।

विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। यद्यपि घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर लेखिएको छ। घटनास्थल आसपास केही छर्राहरु समेत फेला परेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। बम विष्फोट भएको थाहा पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घनास्थल पुगेको थियो। विष्फोटबाट नजीकै रहेको पसलको सटरमा प्वाल परेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?