उदयपुर र मोरङ बाट लागूऔषध सहित ३ पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
३० पटक हेरिएको
Shares
उदयपुर र मोरङ बाट लागूऔषध सहित ३ पक्राउ

सारांश

  • उदयपुर १६,माघ ।
  •  उदयपुर र मोरङ बाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
  • उदयपुरको त्रियुगा नगरपालिका-१३ खैजनपुरबाट प्रहरीले बुधवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

उदयपुर १६,माघ । उदयपुर र मोरङ बाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका-१३ खैजनपुरबाट प्रहरीले बुधवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१३ खैजनपुर का कबिराज ढकाल रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ।

पक्राउ परेका ढकालको साथ बाट  प्रहरी टोलीले लागूऔषध डाईजेल्याव-४ एम्पुल, प्रयोग गरिसकेको १ एम्पुल र सिरिन्जमा भरेर राखेको-२ एम्पुल फेला पारी बरामद गरेको हो । पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुर ले जनाएको छ।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले मंगलवार मलद्वारमा लुकाई राखेको लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित धरान उप-महानगरपालिका-१० बस्ने बर्ष २२ को रेजी शेर्पा र बर्ष २७ को सुवास प्रधानलाई पक्राउ गरेको हो ।

बिशेष सूचनाका आधारमा नियन्त्रणमा लिएका प्रधानले मलद्वारमा लुकाएको लागुऔषध निकाल्न करिब १ घण्टा लागेको थियो । सीमा प्रहरी चौकी रानीमा १८ र इलाका प्रहरी कार्यालय रानीमा २ गरी जम्मा २० एम्पुल निकालिएको हो ।

पक्राउ परेकाहरुको साथबाट ५ एम्पुल डाइजेल्याब, ११ एम्पुल लुपिजेसिक, १३ एम्पुल एभिल गरी जम्मा २९ एम्पुल लागुऔषध निकालेको जिल्ला प्रहरी कार्यालय मोरङ ले जानकारी दिएको छ।

(https://nelsonjsalon.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?