साझाका विद्युतीय बस काठमाडाैमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
साझाका  विद्युतीय बस काठमाडाैमा

सारांश

  • काठमाडौं, ६कात्तिक  ।
  • साझा यातायातले ५ वटा विद्युतीय बस भित्र्याएको छ।
  • चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका बसको मंगलबार ललितपुर हरिहर भवनस्थित साझा यातायातको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

काठमाडौं, ६कात्तिक  । साझा यातायातले ५ वटा विद्युतीय बस भित्र्याएको छ। चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका बसको मंगलबार ललितपुर हरिहर भवनस्थित साझा यातायातको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। साझाले केही समय पहिले विद्युतीय सवारी सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। साझाले पहिलो चरणमा ५ वटा विद्युत्तीय बस ल्याउने तयारीस्वरुप २ वटा काठमाडौं आइसकेका छन्। भने एउटा आउने क्रममा रहेको साझा यातायातले जनाएको छ। बाँकी दुई आउने प्रक्रियामा छन्।

यी बसहरू लुम्बिनी क्षेत्रमा गुडाइने साझाले जनाएको छ। लुम्बिनी विकास कोष र एसियाली विकास बैंक (एडिबी) बीच बस खरिदका लागि सम्झौता भएको थियो। भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउनुपूर्व बसलाई काठमाडौ‌ उपत्यकाभित्र चलाउने गरी साझा यातायातलाई संयोजनको जिम्मा दिइएको हो। सो मुताविक नै साझाले बस सेवा सुरु गरेको हो।

चालकसहित २० सिट क्षमताका ती बसमा सिसिक्यामेरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?