वीरगन्जमा राजपाको मसाल जुलुस, विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द
सारांश
- सोमवार साँझ वीरगन्जमा राष्ट्रिय जनता पार्टीले मसाल जुलुस प्रदर्शन गरेको छ।
- संविधान संशोधन गर्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने, जनसंख्याको आधारमा स्थानीय तहको सीमा र संख्या निर्धारण गरिनुपर्ने, मधेस आन्दोलनका बेला लगाएको मुद्दा फिर्ता लिनुपर्ने लगायतको माग गर्दै राष्ट्रिय जनता पार्टीले मसाल जुलुस निकालेको हो।
- आफना मागहरु पुरा नहुँदासम्म आफूहरु चुनावमा नजाने भन्दै सडकबाटै संघर्ष गर्ने पार्टीका महासचिव राजेशमान सिंहले बताए।
सोमवार साँझ वीरगन्जमा राष्ट्रिय जनता पार्टीले मसाल जुलुस प्रदर्शन गरेको छ।
संविधान संशोधन गर्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने, जनसंख्याको आधारमा स्थानीय तहको सीमा र संख्या निर्धारण गरिनुपर्ने, मधेस आन्दोलनका बेला लगाएको मुद्दा फिर्ता लिनुपर्ने लगायतको माग गर्दै राष्ट्रिय जनता पार्टीले मसाल जुलुस निकालेको हो।
आफना मागहरु पुरा नहुँदासम्म आफूहरु चुनावमा नजाने भन्दै सडकबाटै संघर्ष गर्ने पार्टीका महासचिव राजेशमान सिंहले बताए। पार्टीले सार्वजनिक गरेको बिरोधको कार्यक्रम अनुसार नै बीरगन्जमा मशाल जुलुस प्रर्दशन गरिएको हो। वीरगंजको घण्टाघरबाट मसालसहित निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरि सम्पन्न भएको थियो । मसाल जुलुसमा पार्टीका नेताहरु बिमल श्रीवास्तव, राजेशमान सिह श्रेष्ठ, नेजामुद्धिन समानि, शशिकपुर मिया, प्रेमबाबु पटेल लगायतको सहभागिता थियो।
पार्टीले विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द, लाठि जुलुस, निर्वाचन कार्यालय घेराउ लगायत आगामी १० गते देखि अनिश्चितकालिन मधेस तराई बन्द गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया