राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

सारांश

  • काठमाडौं।
  • आगामी २५ फागुनमा हुने तय भएको राष्ट्रपति निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको कांग्रेसले एकपछि अर्को गर्दै आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेको छ।
  • गत २६ पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेसले त्यसयता एकपछि अर्को गर्दै नेकपा माओवादी केन्द्रलाई विश्वासमा लिने प्रयास जारी राखेको हो।

काठमाडौं। आगामी २५ फागुनमा हुने तय भएको राष्ट्रपति निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको कांग्रेसले एकपछि अर्को गर्दै आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेको छ।

गत २६ पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेसले त्यसयता एकपछि अर्को गर्दै नेकपा माओवादी केन्द्रलाई विश्वासमा लिने प्रयास जारी राखेको हो।

कांग्रेसले सोमबार भएको राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागिसमेत आफ्नो दलका तर्फकाट उम्मेदवार नउठाई माओवादी केन्द्रकै उम्मेदवारलाई घुमाउरो रूपमा समर्थन गरेसँगै राष्ट्रपतिका लागि कांग्रेसले थप वातावरण बनाएको हो।

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिँदा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी हुन्। यसअघि कांग्रेसले मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव र बागमती प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई पनि साथ दिइसकेको छ। यस्तै, प्रदेश १ मा कांग्रेसले उम्मेदवारी नदिएपछि माओवादी केन्द्रका बाबुराम गौतम सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले राष्ट्रपतिका लागि उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति होस् भन्ने चाहेको बताए। ‘कांग्रेसले राष्ट्रपतिका लागि आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको छ, प्रधानमन्त्रीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गर्ने भन्नुभएको छ, कांग्रेस राष्ट्रपतिका लागि आफ्ना उम्मेदवारलाई राष्ट्रिय सहमति होस् भन्ने चाहन्छ,’ लेखकले भने।

सोमबार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बीचमा समेत राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी गर्ने विषयमा छलफल भएको थियो।

सो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति आफ्नो चाहना रहेको भन्दै देउवा र ओलीलाई सहमतिको वातावरण बनाउनेतर्फ सहयोग गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कांग्रेसले राष्ट्रपतिका लागि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई अघि सार्ने सम्भावना छ। पौडेल प्रतिनिधिसभामा सांसद रहेको तर सिटौला सांसद नभएकाले सिटौलाको सम्भावना पौडेलको भन्दा बढी छ। सिटौलाले प्रधानमन्त्रीमा आफूलाई विश्वासको मत दिन कांग्रेसभित्र वातावरण बनाएको प्रचण्डको बुझाइसमेत छ।

यस्तै, शान्ति प्रक्रियाको थालनी र अन्त्यसम्म पनि सिटौलाले माओवादीलाई तत्कालीन प्रधानमन्त्री र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई साथ दिएर सहयोग गरेको पनि प्रचण्डले बताउने गरेका छन्। त्यससमय सिटौला नेपाल सरकारको गृहमन्त्रीको भूमिकामा समेत थिए।

यस्तै, पौडेलले समेत प्रतिनिधिसभा निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन भन्दै दौडधुप गरेका थिए। कांग्रेसले नेतृत्व गरेको तत्कालीन सत्ता गठबन्धन भत्किँदा पौडेलले असन्तुष्टिसमेत जनाएका थिए।

यस्तै, राष्ट्रपतिको आश्वासनमा पौडेलले कांग्रेस संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा सभापतिसमेत रहेका देउवालाई सहयोग गरेका थिए।

कांग्रेसले हाल एमालेले नेतृत्व गरेको प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छैन। यस्तै, विश्वासको मत लिन बाँकी सुदूरपश्चिम प्रदेश सरकारलाई पनि कांग्रेसले मत नदिने नीति लिएको छ भने कर्णालीमा माओवादी केन्द्रकै मुख्यमन्त्री भए पनि कांग्रेसले विश्वासको मत दिएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
सरकारलाई राष्ट्रसंघको पत्रः महाभियोग फिर्ता नलिए सुरक्षा परिषदले कडा कदम चाल्ने चेतावनी
सरकारलाई राष्ट्रसंघको पत्रः महाभियोग फिर्ता नलिए सुरक्षा परिषदले कडा कदम चाल्ने चेतावनी
मन्त्री यादवको जेल पठाउने चेतावनीपछि उधारो तिर्न तयार भए उद्योगी
मन्त्री यादवको जेल पठाउने चेतावनीपछि उधारो तिर्न तयार भए उद्योगी
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी
डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति
Speedy Methods To Microfiber Towels House Depot In Detailed Depth
आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल
आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल
सरकार गठन र पार्टी एकता संँगसँगै- उपाध्यक्ष रावल
सरकार गठन र पार्टी एकता संँगसँगै- उपाध्यक्ष रावल
दुबईमा नेपालीले टिकटिकसँगै होली मनाए
दुबईमा नेपालीले टिकटिकसँगै होली मनाए