संखुवासभाबाट एमालेका राजेन्द्र गौतम विजयी
सारांश
- संखुवासभा, मंसिर २५ – संखुवासभाबाट प्रतिनिधिसभा सदस्यामा नेकपा एमालेका राजेन्द्र गौतम विजयी हुनु भएको छ ।
- नेपाली कांग्रेसका दीपक खड्कालाई १ हजार १ सय ३० मतले हराउँदै गौतम विजयी हुनुभएको हो ।
- यसअघि उहाँ दुई पटक पराजित हुनु भएको थियो ।
संखुवासभा, मंसिर २५ – संखुवासभाबाट प्रतिनिधिसभा सदस्यामा नेकपा एमालेका राजेन्द्र गौतम विजयी हुनु भएको छ । नेपाली कांग्रेसका दीपक खड्कालाई १ हजार १ सय ३० मतले हराउँदै गौतम विजयी हुनुभएको हो । यसअघि उहाँ दुई पटक पराजित हुनु भएको थियो ।
प्राप्त मत परिणम अनुसार गौतमले ३२ हजार ७ सय ६९ मत प्राप्त गर्नु भएको छ । कांग्रेसका खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गर्नुभयो ।
को हुन गौतम ?
एमाले केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गौतम सङ्खुवासभाको चैनपुर–५ फलाटेमा २०१९ साल पुस ५ गते जन्मनुभएको हो । गौतमको राजनीति २०३२ सालमा रातो झण्डा समूहमा आवद्ध भएपछि सुरु भएको थियो । २०३६ सालमा जिल्लामा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका गौतम २०३४ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष हुनुभयो ।
२०४४ देखि २०४८ सम्म विराटनगरको नगर उप–सचिव भएका गौैतम २०५९ देखि २०६५ नेकपा एमाले कोशी अञ्चल सचिव हुनुभयो । २०६५ देखि नेकपा एमाले कोशी अञ्चल प्रमुख रहेका गौतम अहिले नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सचिव हुनुहुन्छ । उहाँले मानविकी संकायबाट स्नातकोत्तर गर्नुभएको छ । उहाँ २०७० सालको संविधानसभा चुनावमा संखुवासभा–२ बाट पराजित हुनुभएको थियो ।
Narahari Khatri
Good
Mohan Tamang
Badahai x camret
Nembang Pradeep
2019 ma janmeko manxe 2034 ma jilla adakchhe achamma
Indu Dangi
बधाई तथा कार्यकालको शुभकामना छ ।
Birkha Bogati
Badhai xa kamred
Gopal Thapa
Congratulations and best wishes!
Uttam Khadka
Congratulation
Shukadev Neupane
Congratulation
Ramhari Poudyal
Congratulation.
Gajendra Shrestha
Badahai n Suvkakama !!!!!