सरकारले ल्याएको बजेटले संघीयता नै खतरामा: रिता माझी
सारांश
- काठमाडाै, ४ असार ।
- ३ नं.
- प्रदेशको बजेट माथिको छलफलमा राप्रपाकी प्रदेशसभा सदस्य रिता माझीले पहिलो सरकारले ल्याएको बजेट पञ्चायतकालिन भन्दा कमजोर ल्याएकाे भन्दै पहिलो बजेटले नै संघीयता खतरामा पर्न सक्ने वताएकी छन ।
काठमाडाै, ४ असार । ३ नं. प्रदेशको बजेट माथिको छलफलमा राप्रपाकी प्रदेशसभा सदस्य रिता माझीले पहिलो सरकारले ल्याएको बजेट पञ्चायतकालिन भन्दा कमजोर ल्याएकाे भन्दै पहिलो बजेटले नै संघीयता खतरामा पर्न सक्ने वताएकी छन ।
जनताले परिवर्तनको अनुभुति दिन्छ भन्ने आशा लिएका थिए तर यो पहिलो सरकारको पहिलो बजेटले वास्तविकता र यथार्थ भन्दा भिन्न बजेट ल्याएकोले सवैलाई हास्यास्पद बनाएको बताइन।
बजेटमा भुकम्प पिडीत जनतालाई राहत हुने कार्यक्रम, बृद्ध लाइ सुरक्षा भत्ता, युवालाई रोजगारी कार्यक्रम भन्दा विदेशिने बजेट र महिलाहरुको लागि विशेष कार्यक्रम आउन सकेन । यस बजेटमा सिन्धुली–खुर्कोट सुरुङ मार्ग हुनु पर्ने साँसद रिता माझीले माग गरेकि छिन ।
आदिवासी जनजातिहरुको पहिचानको रुपमा रहेको संस्कार र संस्कृति संरक्षण हुने कार्यक्रम नहुनु र धर्म परिवर्तन बढ्नुलाई पहिचानहरु मेटाउन सरकार नै लागि परेको महसुस भएको आरोप लगाएकि छन ।
छलफलमा बोल्दै माझीले संघीय सरकार र स्थानीय सरकार भएमा मात्र देशको अर्थतन्त्रले धान्न सक्छ भन्दै निरन्तरता सहितको प्रजातन्त्र र स्थानीय स्वायत्त शासन प्रणाली हुनु पर्ने माग गरिन् ।
प्रतिक्रिया