बिमस्टेक सम्मेलनमा उपत्यकाको सडकमा तीन दिन जोर-बिजोर प्रणाली
सारांश
- काठमाडौ ८,भदौ ।
- काठमाडौंमा हुन गइरहेको बिमस्टेक सम्मेलनमा उपत्यकामा जोर -बिजोर प्रणाली लागू गर्ने निर्णय गृह मन्त्रालयले गएको छ।
- मन्त्रालयका अनुसार १३,१४ र १५ गते यो जोर -बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ।
काठमाडौ ८,भदौ । काठमाडौंमा हुन गइरहेको बिमस्टेक सम्मेलनमा उपत्यकामा जोर -बिजोर प्रणाली लागू गर्ने निर्णय गृह मन्त्रालयले गएको छ। मन्त्रालयका अनुसार १३,१४ र १५ गते यो जोर -बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। १४ र १५ गते काठमाडौंमा बिमस्टेक सम्मेलन हुँदैछ।
१३ र १५ गते बिजोर मात्र चलाउन पाइने र १४ गते जोर नम्बरका सवारी साधन चल्नेछन्। यो नियम अत्याबश्यक सेवाका सवारी साधनमा भने लागु हुने छैन। नियम मिचेमा सवारी साधन नियन्त्रणमा लिइने ट्राफिक महाशाखाका एसएसपी बसन्त पन्तले बताए।
तीन दिनसम्म ६ देशका राष्ट्रप्रमुखहरुको आवातजावात हुने भएकाले जोर बिजोर प्रणालीमार्फत यातायात व्यवस्थापनमा सहजीकरण गर्न लागिएको एसएसपी पन्तले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया