नेकपाका साना भुरा कार्यकर्ताहरुले प्रशासन चलाउन खोजे: साउद

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
नेकपाका साना भुरा कार्यकर्ताहरुले प्रशासन चलाउन खोजे: साउद

सारांश

  • काठमाडाै, ६ कात्तिक ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एन.
  • पी.

काठमाडाै, ६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एन.पी. साउदले वर्तमान सरकार असफल भैसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् । उनले भने,‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो । तर, नेकपाकै बरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ । यो सरकार धेरै चल्नुहुँदैन् भनेर भन्नुभएको छ ।’

सरकारले अहिलेसम्म राहतका काम केही पनि गर्न नसकेको उनले गम्भिर आरोप लगाए । उनले भने,‘चामल, दाल, तेल, चिनीको मुल्य वृद्धि गरिएको छ । दैनिक उपभोग्य वस्तुको मुल्य उपभोक्ताको ढाड सेक्नेगरि बढाईएको छ । जिम्मेवार मन्त्रीहरु तस्करहरुलाई संरक्षण दिने काम गरिरहेका छन् । चिनीको मुल्यवृद्धि पनि त्यसैको परिणाम हो ।’

सरकारले समृद्धि हाँसिल गर्नु त टाढाको विषय भएको बताउँदै उनले भने,‘अहिले कर्मचारीको तलब दिन सक्ने अवस्था पनि छैन् । कर्मचारीलाई तलब नदिँदा दशैं मनाउन पाएनन् । आर्थिक विपतको पूर्व संकेत देखा परिसकेको छ । यो ८ महिनामा मुलुकको अर्थतन्त्र सरकारले तहसनहस पारेको छ । समृद्धि र स्थिरतामा सरकार असफल भएको छ ।’ संविधान कार्यान्वयन गर्नपनि सरकार असफल भएको उनले गम्भिर आरोप लगाए । नेता साउदले नेकपाको केन्द्रमा मात्रै नभएर ६ वटै प्रदेश र अधिकांश स्थानीय तहमा सरकार भएर हालीमुहाली भएपनि जनताले भनेजस्तो काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘हुँदाहुँदा अब मुख्यमन्त्रीहरुले भेला आयोजना गरेर हामीलाई अधिकार प्रत्यायोजित गरिएन भनेर गुनासो पोखे । यसले संवैधानिक बिशृंखलता उत्पन्न गराउँछ । संविधान र संघीयतालाई नै असफल बनाउने बाटोतर्फ यो सरकार हिँडिरहेको छ ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा गम्भिर आपत्ति जनाए । उनले भने,‘सारा राज्य लागेको छ, तर अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन् । सरकारले केही कर्मचारी र प्रहरी अधिकारीलाई निलम्बित गरेर जनताको मुख्य ध्यान भड्काउन खोज्दैछ । बलात्कारीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ।’ उनले नेकपाका साना भुरा कार्यकर्ताहरुले प्रशासन चलाउन खोजेर कर्मचारी तन्त्रको मनोबल खसाईरहेको पनि आरोप लगाए । उनले भने,‘सरकार ठिक बाटो (ट्रयाक)मा आओस्, तर सुध्रिने कुनै छाँटकाँट छैन् । यो वाम सरकार होईन, दाम र खाम सरकार हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
पि.सि.आर पोजिटिभ हुँदैमा सबैलाई अस्पतालमा राख्नुपर्छ भन्ने छैन : डा. राजभण्डारी
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री
एसएसपी पिताम्बर अधिकारीले सडकमा गाडी रोकेर यस्तो गरेपछि…
एसएसपी पिताम्बर अधिकारीले सडकमा गाडी रोकेर यस्तो गरेपछि…
योमरी पुन्ही आज देशैभरि मनाइँदै
योमरी पुन्ही आज देशैभरि मनाइँदै
ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा
ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा
चवालिस प्रतिशत मतदान
बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३५७ !
बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३५७ !

तपाईंले छुटाउनुभयो कि?