ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा

सारांश

  • काठमाडाैं, माघ १६ ।
  • संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ) का उपनिर्देशक एन्ड्रयु मकेबले दुई महिना लामो बिदा लिंदै आफ्नो जिम्मेवारी छाडेको समाचारहरुमा जनाइएको छ ।
  • यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबमाथि राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए ।

काठमाडाैं, माघ १६ । संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ) का उपनिर्देशक एन्ड्रयु मकेबले दुई महिना लामो बिदा लिंदै आफ्नो जिम्मेवारी छाडेको समाचारहरुमा जनाइएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबमाथि राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए ।

सिबिएस न्युजले आउँदो मार्च महिनामा कार्यकाल समाप्त हुनलागेका मकेबलाई पद छाड्न वाध्य पारिएको जनाएको छ । राष्ट्रपति ट्रम्पले एक साता अघि नै मकेबलाई पद छाड्न भनेको पनि बताइएको छ ।

राष्ट्रपति ट्रम्पले गत मे महिनामा एफबिआइका तत्कालिन निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेपछि मकेबले केही समय कार्यवाहक निर्देशकको रुपमा पनि काम गरेका थिए । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरुबारे छानबिन गरिरहेको बेला ट्रम्पले कोमीलाई पदबाट बर्खास्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पले रुसी हस्तक्षेप सम्बन्धी आरोपहरुको सधैं खण्डन गर्ने गरेका छन् । उनले एक ट्वीट गर्दै मकेब कोमीको साथी भएको आरोप पनि लगाएका थिए ।

मकेबकी श्रीमती डा. जील मकेबले भर्जिनिया राज्यमा डेमोक्रयाट पार्टीको तर्फबाट अमेरिकी सिनेटको चुनाव लडेकी थिइन् ।

गत साता द वाशिङटन पोष्ट समाचारपत्रले अमेरिकी राष्ट्रपतिको कार्यालयमा चिनजान गर्न डाकिएको एक बैठकमा राष्ट्रपति ट्रम्पले मकेबलाई सन् २०१६ को चुनावमा उनले कसलाई भोट हालेका थिए भनी सोधेको वर्तमान तथा भूतपूर्व अधिकारीहरुले जनाएको उद्धृत गरेको थियो । उनले आफुले कसैलाई पनि मतदान नगरेको भन्ने जवाफ दिएको पनि समाचारमा जनाइएको थियो ।

गत जुलाई महिनामा एक ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए, “समस्या के हो भने एफबिआइका कार्यवाहक निर्देशक एन्ड्रयु मकेबले हिलरी क्लिन्टनबाट आफ्नी श्रीमतीकालागि सात लाख डलर सहायता लिएका थिए ।”

ती आरोपहरुबारे मकेबले सार्वजनिकरुपमा कुनै टिप्पणी गरेका थिएनन् । संवाददाताहरु भन्छन्, राष्ट्रपति ट्रम्पमाथि कार्यकाल सकिन झण्डै दुई महिनामात्रै बाँकी रहेका एक वरिष्ठ अधिकारीलाई पद छाड्न वाध्य पारेको आरोप लाग्नसक्छ ।

मकेब आफ्नो पदावधि नसकिंदासम्मकालागि बिदामा बसेको पनि समाचारहरुमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या
स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या
बराबर मत आएपछि यस्तो काइदा निकालेर गरियो बिजय घोषणा
बराबर मत आएपछि यस्तो काइदा निकालेर गरियो बिजय घोषणा
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै
‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै
बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुरः प्रधानमन्त्री ओली
औषधि पसल सञ्चालनको मापदण्ड पूरा
औषधि पसल सञ्चालनको मापदण्ड पूरा
पत्रिका समाचारः एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख
पत्रिका समाचारः एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख
विदेशी मुद्राको सटही दर : आज कुन देशको कति?
विदेशी मुद्राको सटही दर : आज कुन देशको कति?
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा’नाङसाल’ संचालन
तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा’नाङसाल’ संचालन