राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
१६ पटक हेरिएको
Shares
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने तयारी भएको छ ।
  • पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सचिवालय बैठकमा यो प्रस्ताव लगेका हुन् ।
  • त्यतिमात्रै होईन, उपाध्यक्ष गौतमले माग गरेबमोजिम राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री बन्नुपर्ने गरि नेकपाले संविधान संशोधनको तयारी थालेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने तयारी भएको छ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सचिवालय बैठकमा यो प्रस्ताव लगेका हुन् ।

त्यतिमात्रै होईन, उपाध्यक्ष गौतमले माग गरेबमोजिम राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री बन्नुपर्ने गरि नेकपाले संविधान संशोधनको तयारी थालेको छ । अध्यक्ष दाहालले नै सो सम्बन्धी कार्यदल बनाउने प्रस्ताव पार्टीमा लगेको स्रोतको दाबी छ ।

अध्यक्ष दाहालनिकट स्रोतले दिएको जानकारी अनुसार पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्सीय कार्यदल बनाएको छ । कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?