विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
विप्वल समूहसँग वार्ताको पहल भइरहेको छ : गृहमन्त्री

सारांश

  • काठमाडौं।
  • सरकारले पहिलोपटक प्रतिवन्धित विप्लव समूहसँग वार्ताको पहल गरिरहेको जनाएको छ।
  • सोमबार गृहमन्त्री रामबहादुर थापाले संसदमा आइतबार र सोमबार मुलुकका विभिन्न स्थानमा भएको श्रृंखलाबद्ध बम विस्फोटका विषयमा जानकारी दिने क्रममा विप्लव समूहसँग वार्ताको पहल भइरहेको जनाएका हुन्।

काठमाडौं। सरकारले पहिलोपटक प्रतिवन्धित विप्लव समूहसँग वार्ताको पहल गरिरहेको जनाएको छ। सोमबार गृहमन्त्री रामबहादुर थापाले संसदमा आइतबार र सोमबार मुलुकका विभिन्न स्थानमा भएको श्रृंखलाबद्ध बम विस्फोटका विषयमा जानकारी दिने क्रममा विप्लव समूहसँग वार्ताको पहल भइरहेको जनाएका हुन्। सरकारले गत फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो। प्रतिवन्धपछि सरकारले विप्लव समूहको नेता कार्यकर्तालाई धमाधम पक्राउ गरेको थियो ।

तर विप्लवमाथि प्रतिबन्ध लगाएपछि विप्लव समूहसँग वार्ता गर्नुपर्ने अवाज उठ्न थालेको थियो। योबीचमा सरकारले भित्रभित्रै विप्लव समूहसँग वार्ताको पहल गरिहरेको समाचार बाहिर आएको थियो। ‘विप्लव समूहलाई राज्यले नियन्त्रण गर्ने र वार्ता र संवादमार्फत मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाइरहेको छ,’ संसदमा गृहमन्त्री थापाले भने, ‘यो प्रक्रियामा सरकार अगाडि बढिरहेको छ र यो समूहलाई मुलधारमा ल्याउन र उनीहरुका गतिविधिलाई नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

आइतबार राजधानीका विभिन्न स्थानमा श्रृंखलाबद्ध बम विस्फोट हुँदा विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको पनि सदनलाई जानकारी दिए। विप्लव समूहको बन्दको आंशिक प्रभाव परेको भन्दै शैक्षिक संस्था र लामो दूरीका सवारी साधनमा बन्दको बढी प्रभाव परेको जनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?