तीन ठाउँमा रेलको सर्भेक्षण हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
तीन ठाउँमा रेलको सर्भेक्षण हुँदै

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताएका छन् ।
  • भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकारले कृषिको आधुनिकीकरण, ऊर्जा, रेलमार्ग र अन्य विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताए ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताएका छन् ।

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकारले कृषिको आधुनिकीकरण, ऊर्जा, रेलमार्ग र अन्य विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताए ।

महासचिव यचुरीले नेपालको विकास, ऊर्जा र पयर्टनका सम्भावनाका बारेमा राखेको जिज्ञासा राखेका थिए । प्रधानमन्त्री ओलीले यचुरीको जिज्ञासाको जवाफ दिंदै विद्युत् उत्पादनलाई प्राथमिकतामा राखिएको तथा सौर्य ऊर्जा, जीओ थर्मल र गुरुत्व आकर्षणबाट विद्युत् उत्पादन गर्ने प्रक्रिया पनि अघि बढेको बताए ।

भेटघाटमा भाकपा (माक्र्सवादी)का केन्द्रीय सदस्य जोगेन्द्र शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, नेकपाका केन्द्रीय सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजाल सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?