प्रधानमन्त्री ओलीको पुरस्कार सरकारी कोषमा, थपियो रकम

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको पुरस्कार सरकारी कोषमा, थपियो रकम

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको नेतृत्व तथा सुशासन पुरस्कारको रकम कोष स्थापना भएको छ ।
  • सरकारी कोषमा राखिएको त्यो पुरस्कारबाट युवा तथा बालबालिकाका क्षेत्रमा खर्च हुनेगरी स्थापित भएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको नेतृत्व तथा सुशासन पुरस्कारको रकम कोष स्थापना भएको छ ।

सरकारी कोषमा राखिएको त्यो पुरस्कारबाट युवा तथा बालबालिकाका क्षेत्रमा खर्च हुनेगरी स्थापित भएको छ । सरकारले त्यत्ति नै बराबरको रकम थप गरी कोष तयार गने निर्णय भएको छ ।
अब कोषमा २ लाख डलर हुनेछ ।

प्रधानमन्त्री ओलीलाई युनिभर्सल पिस फेडेरेसनले सुशासनको क्षेत्रमा योगदान पुराएको भन्दै १ लाख डलर रकमको पुरस्कार आइतबार दिएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरस्कारको रकम बढाएर युवा तथा बालबालिकाका क्षेत्रमा काम गर्नेगरी कोष स्थापना गर्ने निर्णय गरेको हो।

शनिबार र आइतबार काठमाडौंमा गरिएको एसिया प्यासिफिक सम्मलेलनको समापन अवसरमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरको नेतृत्व एवं सु–शासन अवार्ड प्रदान गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?