त्रिशूलीले बगाएर बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
१६ पटक हेरिएको
Shares
त्रिशूलीले बगाएर बेपत्ता

सारांश

  • नुवाकोट, ३ साउन ।
  • बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा बगेर आज मध्याह्न एक युवक बेपत्ता भएका छन् ।
  • नुवाकोट प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुली, हरिहरपुरगढी घर भएका १६ वर्षीय राजु लामा छन् ।

नुवाकोट, ३ साउन । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा बगेर आज मध्याह्न एक युवक बेपत्ता भएका छन् ।
नुवाकोट प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुली, हरिहरपुरगढी घर भएका १६ वर्षीय राजु लामा छन् । साथीहरुसँगै साबेल प्रयोग गरी बालुवा झिकिरहेका समयमा लामालाई त्रिशूलीले बगाएको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । लामाको खोजी भइरहेको छ । त्रिशूली नदीमा राति अवैध रुपमा स्काभेटर प्रयोग गरी बालुवा झिक्ने र त्यसलाई वैध बनाउन दिनमा साबेल प्रयोग गरी गाडीमा राख्दा दुर्घटनाको जोखिम बढिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?