संसदमा सरकारमाथि खनिए प्रतिपक्ष सांसद : मिनेन्द्र रिजाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
संसदमा सरकारमाथि खनिए प्रतिपक्ष सांसद : मिनेन्द्र रिजाल

सारांश

  • काठमाडौं।
  • प्रतिपक्षी दल नेपाली कांग्रेसका सांंसदहरुले भूकम्प पछिको पुर्ननिर्माणका लागि भन्दै दूरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकम बारे सदनलाई जानकारी गराउन माग गरेका छन्।
  • प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरुले पुरातात्विक महत्वका संचरना पुर्ननिर्माणका लागि भन्दै संकलित रकम बारे सदनलाई जानकारी गराउन माग गरेका हुन्।

काठमाडौं। प्रतिपक्षी दल नेपाली कांग्रेसका सांंसदहरुले भूकम्प पछिको पुर्ननिर्माणका लागि भन्दै दूरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकम बारे सदनलाई जानकारी गराउन माग गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरुले पुरातात्विक महत्वका संचरना पुर्ननिर्माणका लागि भन्दै संकलित रकम बारे सदनलाई जानकारी गराउन माग गरेका हुन्। सांसद मिनेन्द्र प्रसाद रिजालले भूकम्प पछिको पुर्ननिर्माणका लागि दूरसंचार सेवामा थप एक प्रतिशत शुल्क संकल गरी उठाएको रकमबारे सरकारको जवाफ माग गरे। भूकम्प पछिको पुर्ननिर्माणका लागि भन्दै नेपाल टेलिकमले ९२ करोड र एनसेलले ९७ करोड सहित दूरसंचार सेवा प्रदायक कम्पनीले २ अरब ५० करोड भन्दा बढी रकम सरकारलाई बुझाएको भन्दै पुरातात्विक महत्वका संरचना पुर्ननिर्माणका लागि भनि उठाएको पैसा कहाँ भन्दै प्रश्न गरे। उनले भने, ‘नारामा मेरो धरहरा मै बनाउँछु भनेर डंका हाँकिएको छ। तर त्यो बेला उठेको पैसा, भूकम्पपछिको पुर्ननिर्माणको लागि उठाइएको पैसा कता पुग्यो? सदनलाई जानकारी गराउन ध्यानाकर्षण गराउछु।’
सांसद राजेन्द्र केसीले तत्कालीन अर्थमन्त्री रामशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०७२÷७३ को बजेटमा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिरको क्षतिग्रस्त संरचना पुर्ननिर्माण गर्नका लागि ‘हाम्रो धरोहर हाम्रो दायित्व’ अभियान संचालन गर्ने र राष्ट्रिय पुर्ननिर्माण कोष अन्र्तगत छुटै कोष निर्माण गरी दूरसंचार संस्थानबाट संकलित १ प्रतिशत रकम जम्मा गर्ने र पुर्ननिर्माणमा लगाउने भन्ने विषयबारे सरकारको ध्यानाकर्षण गराए। उनले सो कोषको अझै पनि व्यवस्था नभएको भन्दै यसबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए।
सांसद रंगमती शाहीले कंचनपुरकी निर्मला पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई अझै नियन्त्रणमा लिन नसकेको भन्दै सोको जिम्मेवारी महिला सांसदलाई दिन सरकारको ध्यानाकर्षण गराइन्। उनले जिम्मेवारी पाए दोषी पत्ता लगाउने र कारवाही पनि गर्ने चुनौती दिइन्।
सांसद बिमला विकले बमजमले महिला माथि र्दुव्यहार गरेको तथा उनको आश्रमबाट महिला हराएको भन्ने समाचारबारे गृहमन्त्रालयको ध्यानाकर्षण गराइन्। उनले बजेट विनियोजनमा सहभागी नगराएर समानुपातिक सांसदलाई विभेद गरिएको टिप्पणी गरिन्।
सांसद भरत कुमार शाहले संसद आवासका लागि छुट्याएको जग्गामा सरकारले एकलौटी ढंगले मन्त्री क्वाटर बनाउने निर्णय गरिएको भन्दै सच्याउन माग गरे।
सांसद भवानी प्रसाद खापुङले तेह्रथुम जिल्लाको बसन्तपुर म्याग्लुङ सडक निर्माण प्रक्रिया अघि बढाउन अर्थमन्त्रालयको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?