तरकारी खेतीमा किसानको आकर्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
तरकारी खेतीमा किसानको आकर्षण

सारांश

  • भैरहवा २६ माघ : भैरहवा नेपालकै अन्न भण्डारको रुपमा परिचित छ ।
  • मुख्य तीनवटा गाउँपालिका मिलेर बनेको रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र मर्चवारका स्थानियको मुख्य पेशा कृषि नै हो ।
  • वर्षौ देखि माटोमै जीवन बिताएका कृषकको माया, माटोमै भएकाले परम्परागत कृर्षिलाई बिस्तारै आधुनिक र व्यासायीक तर्फ माड्दै गइरहेका छन् ।

भैरहवा २६ माघ : भैरहवा नेपालकै अन्न भण्डारको रुपमा परिचित छ । मुख्य तीनवटा गाउँपालिका मिलेर बनेको रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र मर्चवारका स्थानियको मुख्य पेशा कृषि नै हो । वर्षौ देखि माटोमै जीवन बिताएका कृषकको माया, माटोमै भएकाले परम्परागत कृर्षिलाई बिस्तारै आधुनिक र व्यासायीक तर्फ माड्दै गइरहेका छन् ।

चारै तर्फ फाट मात्र देखिने मर्चवार परम्परागत कृषि प्रणाली कै कारण अपेक्षाकृत रुपमा प्रगती हुन सकेको थिएन । मर्चवार किसान परम्परागत कृषि प्रणालीबाटै बिस्तारै आधुनिकतातर्फ लैजादैँ अहिलेसम्म अवस्था फेरिएको छ । खाद्यान्य र अन्न खेती बाट जीविको पार्जन चलाउदै आउका मर्चवारकका कृषक ज्ञान शिक्षा र प्रविधिलाई आत्मसाथ गरेका ले अन्न खेतीसँगै नगदेबाली खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

जिल्ला कै सबैभन्दा बढी खेतीयोग्य भुभाग रहेको क्षेत्रमा कृषिबाट नै सकृद्धिको बाटो पहिल्याउने प्रयास गर्दै छन् । सम्मरीलाई –६ त्रिवेनीयाका ७० वर्षिय सुमिरन केवट बाल्यकालदेखि नै परम्परागत अन्न खेती गर्दै आएका छन् । उनीसहित अहिले नयाँ नयाँ प्रविधि र प्रणालीबाट अन्न खेतीसहित तरकारी खेतीमा होमीएका छन् । पहिले र अहिलेका खेतीमा धेरै परिवर्तन भएको छ । अहिले मेसिन प्रविधि भएकाले खेतमिा धेरै अन्तर छ । पहिला उन्नत बीउबीजन तथा प्रणालीबारे जानकारी थिएन, अहिले विभिन्न औजारको माध्यमबाट सहज रुपामा खेती गर्न सकिन्छ । उनले बताए । ‘दैनिक रुपमा बिक्रि हुने भएकाले खर्च कटाएर केही रकम बचाउँन पनि सफल भएको छु, ’ कृषक केवटले भने । यहाँमात्र अहिले ९० बिघाभन्दा धेरै क्षेत्रफलमा तरकारी खेती भइरहेको छ ।

धान र गँहु मात्र हुने क्षेत्रको खेतमा अहिले बाह्रै महिना तरकारी खेती गरिएको छ ।मौसमअनुसार मटर, समिति ब्रोकाउली ,टमाटर, भिन्डी, घिरौला, मसला लगायत तरकारी खेती गर्र्द आएका छन् ।परम्परागत कृषि गर्दै आएको त्रिवेनीया टोलका कृषकलाई तत्कालिन जिल्ल कृषि विकास कार्यालवयले तरकारी पकेट क्षेत्र घोषणा गरी केही अनुदान तथा सीप प्रदान गरेको थियो । २०७३ मा १० लाख ४१ हजारको लागतमा तरकारी संकलन केन्द्र स्थापना भएपछि यस क्षेत्रका कृषक तरकारी खेतीका लागी हौसिएका थिए ।(नागरीकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा उत्पादित स्यानीटाइजर बिक्रीमा रोक
विराटनगरमा उत्पादित स्यानीटाइजर बिक्रीमा रोक
कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : कृषिमन्त्री भुसाल
कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : कृषिमन्त्री भुसाल
वेस्टह्याम र ब्राइटनले खेले बराबरी
वेस्टह्याम र ब्राइटनले खेले बराबरी
आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु
आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु
फेरि किन सलबलायो ‘त्यो’ गिरोह ?
फेरि किन सलबलायो ‘त्यो’ गिरोह ?
बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज
बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !
डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक
डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक
प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,
प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,
सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।
सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।

तपाईंले छुटाउनुभयो कि?