कोटेश्वरको जामबाट मुक्ति पाइने, जाम खोल्ने कार्य सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
२९ पटक हेरिएको
Shares
कोटेश्वरको जामबाट मुक्ति पाइने, जाम खोल्ने कार्य सुरु

सारांश

  • (कार्तिक ११, काठमाडौँ) ।
  • कोटेश्वर जडिबुटीको जामका कारण ठूलै सास्ती भोगिरहेका उपत्यकावासीमा कोटेश्वर जडिबुटीको जाम खोल्न जडिबुटी पुलदेखी हनुमन्ते करिडोर सडक पिच गर्ने कार्य सम्पन्न भएको छ ।
  •  पहिलो चरणमा जडिबुटीको पुलदेखि आखाँ अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक पिच गर्ने कार्य सम्पन्न भएको हो ।

(कार्तिक ११, काठमाडौँ) । कोटेश्वर जडिबुटीको जामका कारण ठूलै सास्ती भोगिरहेका उपत्यकावासीमा कोटेश्वर जडिबुटीको जाम खोल्न जडिबुटी पुलदेखी हनुमन्ते करिडोर सडक पिच गर्ने कार्य सम्पन्न भएको छ । पहिलो चरणमा जडिबुटीको पुलदेखि आखाँ अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक पिच गर्ने कार्य सम्पन्न भएको हो । त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको छ ।

१२ करोडमा उक्त दोभानदेखी बालकुमारीसम्मको सडक निर्माणलाई द्रुत गतिमा निर्माण कार्य अघि बढाइएको छ । त्यस्तै कोटेश्वर जडिबुटीको सडकलाई जाम मुक्त बनाउन मनोहरा खोलामा बेलिव्रिज निर्माणको कार्य समेत शुरु गरिएको छ । बेलिव्रिज तथा करिडोर निर्माण सम्पन्न भए सडक जामका कारण घण्टौं समय बर्वाद हुने समस्याबाट यात्रुहरुले मुक्ति पाउने भएका छन् ।

सडक बिभागका महानिर्देशक रविन्द्र नाथ श्रेष्ठले दोभानदेखि बालकुमारीसम्म आगामी दुई महिनाभित्रमा कच्ची सडक निर्माण गरेर गाडि संचालन गर्दै जाने र पीच गर्दै कोटेश्वर जडिबुटीको जामलाई अन्त्य गराउन विकल्प को रुपमा जडिबुटी पुल बाट बालकुमारी पुल सम्मको सडक प्रयोग गराउने प्रतिवद्धता व्यक्त गरे ।

उक्त स्थानमा भएको सडक पिचको अवस्थालाई निरिक्षण गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रशासनिक ढिलासुस्ती तथा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले मनोहरा नदीमा ढल हाल्ने काममा ढिलाई भएको कारण सडक निर्माण प्रक्रिया ढिला भएको बताए । त्यस्तै बस्नेतले समस्या समाधान गर्न आवश्यक पहल गरी रहेको जानकारी दिए ।

डिभिजन कार्यालय भक्तपुरका डिभिजन इन्जिनियर बेदबहादुर भुजेलले भक्तपुर र ललितपुर जोड्ने मनोहरा–हनुमन्ते नदीको दोभानमा रहेको पुल निर्माणका लागि टेण्डरको प्रकृया अघि बढाई यसै बर्ष निर्माण कार्य सुरु गर्ने जानकारी गराएका छन् । मनोरम समाजका अध्यक्ष विश्व बन्धु बास्तोलाले सडक सञ्चालन गर्न परम्परागत रुपमा प्रयोग भैरहेको घाटलाई नजिकै स्थानतरण गरी यातायात सञ्चालन गर्न सहज वातावरण सिर्जना गराउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?