बेसहारालाई घर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
बेसहारालाई घर

सारांश

  • गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर रामजालीसँग बासको नाममा खरको झुपडी थियो ।
  • के खाने के लाउने चिन्ताले उसैगरी सताउँथ्यो ।
  • न सम्पत्ति न कमाइ ।

गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर रामजालीसँग बासको नाममा खरको झुपडी थियो । के खाने के लाउने चिन्ताले उसैगरी सताउँथ्यो । न सम्पत्ति न कमाइ । सामाजिक सुरक्षा भत्ताको भरमा गर्जो टथ्र्यो । रामजाली र उहाँकी श्रीमती ८० वर्षीया सरस्वतीको जीवन यसरी नै गुज्रदै थियो ।वृद्ध अवस्थामा पुगेको रामजाली दम्पतीको कष्टपूर्ण दैनिकी देखेर सहयोगी हात अघि बढ्न थाले । खानेकुरा र बिछ्यौना नै नभएको देखेपछि गत फागुनमा स्थानीय सामाजिक संस्थाले सहायता दिएका थिए ।

वडा नं ७ मल्मको घुम्टे युवा परिवारले रु दश हजार बराबरको खाद्यान्न र कपडा प्रदान ग¥यो । स्थानीय नवज्योति युवा क्लबले पनि सहयोग ग¥यो । बुढेसकालमा बेसहारा बनेका दम्पतीलाई व्यक्तिगत सहयोग पनि आउन थाल्यो ।रामजाली दम्पत्तिको दयनीय अवस्थाबारे थाहा पाएपछि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पनि सहयोगको भावना जाग्यो । उहाँले घर निर्माणका लागि व्यक्तिगत रुपमा रु दुई लाख दिने निर्णय लिनुभयो । सोही सहयोगबाट बनेको दुई कोठे घर र शौचालय सोमबार रामजाली दम्पतीलाई हस्तान्तरण गरियो ।

घर हस्तान्तरणपछि नगरप्रमुख पौडेलले रामजाली दम्पतीको पालनपोषणमा पनि सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “वृद्ध अवस्थामा बेसहारा बनेको र बस्नलाई घरसमेत नभएको कुरा सुनेपछि सहयोग गर्ने सोच आयो”, उहाँले भन्नुभयो, “बेसहारा दम्पतीका लागि सहयोग गर्न पाउँदा खुशी लागेको छ ।”“मेरो मान्यता सबै नेपाली सुखी भएर बाँच्नुपर्छ भन्ने हो, सोहीअनुसार मैले सक्दो सहयोग गर्दै पनि आएको छु”, उहाँले भन्नुभयो ।

रामजाली दम्पतीको घर निर्माणको जिम्मा नवज्योति युवा क्लबले लिएको थियो । ‘पिलर’ राखेर भूकम्प प्रतिरोधी हिसाबले घर निर्माण गरिएको क्लबका अध्यक्ष सुरेन्द्र केसीले बताउनुभयो । गत वर्ष क्लबकै कार्यक्रममा प्रमुख अतिथि बनेर आउनुभएका नगरप्रमुख नेपालीले रामजाली दम्पतीलाई घर बनाइदिने घोषणा गर्नुभएको थियो ।

सोमबार नयाँ घर पाएपछि रामजाली दम्पती खुशी देखिएका थिए । घर हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा र सर्वसाधारणसमेतले नगरप्रमुख नेपालीले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।सम्पत्ति र जग्गा केही नभएपछि रामजाली दम्पतीले सामाजिक सुरक्षा भत्ताको भरमा जीविका चलाउँदै आएका छ । भएकी एउटी छोरी पनि बिहे गरेर गएपछि उनीहरु बुढ्यौलीमा बेसहाराझैँ बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम
भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम
‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय: प्रधानमन्त्री दाहाल
सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय: प्रधानमन्त्री दाहाल
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?
अग्नीपीडित परिवारलाई राहत वितरण
अग्नीपीडित परिवारलाई राहत वितरण
३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा
३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा
सन्दिप भारतमा भन्दा पाकिस्तानमा महंगा, पिएसएल खेल्ने पक्का
सन्दिप भारतमा भन्दा पाकिस्तानमा महंगा, पिएसएल खेल्ने पक्का
सत्ता गठबन्धन धरापमा
सत्ता गठबन्धन धरापमा

तपाईंले छुटाउनुभयो कि?