निगमले पूर्वाधार शुल्क हटाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७३
|
|
१२२ पटक हेरिएको
Shares
निगमले पूर्वाधार शुल्क हटाउने

सारांश

  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार शुल्क अर्को महिनादेखि हटाउने भएको छ।
  • पूर्वाधार शुल्क संकलन गर्दा चौतर्फी विरोध आएको भन्दै निगमले  फेब्रुअरी (माघ १९) देखि सो शुल्क हटाउने भएको हो।
  • निगमले पूर्वाधार विकासका लागि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलटर पाँच रुपैयाँ तथा हवाई इन्धनमा १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ पूर्वाधार शुल्क उठाउँदै आएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार शुल्क अर्को महिनादेखि हटाउने भएको छ। पूर्वाधार शुल्क संकलन गर्दा चौतर्फी विरोध आएको भन्दै निगमले  फेब्रुअरी (माघ १९) देखि सो शुल्क हटाउने भएको हो।

निगमले पूर्वाधार विकासका लागि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलटर पाँच रुपैयाँ तथा हवाई इन्धनमा १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ पूर्वाधार शुल्क उठाउँदै आएको छ। निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले फेब्रुअरी महिनादेखि निगमले पूर्वाधारको लागि उठाउँदै आएको शुल्क हटाउन लागिएको जानकारी दिए। “पूर्वाधारको नाममा शुल्क उठाउँदा त्यसको विरोध भयो, त्यसैले अब सरकारले संकलन गदै आएको शुल्क कायमै रहे पनि निगमले लिँदै आएको पूर्वाधार शुल्क हटाइनेछ,” साहले भने। निगमले पूर्वाधार शुल्कबाट मासिक ३० देखि ३५ करोड रुपैयाँसम्म संकलन गर्दछ। निगमले विभिन्न शीर्षकमा उपभोक्ताबाट रकम संकलन गरी ऋण तिरेको भन्दै सांसदहरूले पनि विरोध गर्दै आएका छन्।

निगमले पूर्वाधारको नाममा उपभोक्ताबाट उठाएको रकमबाट ऋण तिरेको भन्दै विरोध भएपछि सो शुल्क हटाउन लागेका हो। पूर्वाधारको नाममा उठाएको रकम निगमले इन्धन भन्डारणस्थल निर्माणको लागि खर्च गर्ने बताएको छ। निगमले  २०७१ देखि नै यस्तो शुल्क उठाउँदै आएको थियो। सरकारले उपभोक्ताबाट बूढीगण्डकी आयोजना निर्माणका लागि गत जेठ १५ देखि प्रतिलिटर पाँच रुपैयाँका दरले शुल्क उठाउँदै आएको छ। यस्तै, मूल्य स्थिरीकरण कोषमा उपभोक्ताबाट  प्रतिलिटर पेट्रोलमा ५१ पैसा, डिजेलमा र मट्टीतेलमा ३९ पैसा, हवाई इन्धनमा ४३ पैसा र ग्यासमा ६ रुपैयाँ ६३ पैसा संकलन गर्दै आएको छ। प्रदूषण शुल्कबापत प्रतिलिटर डिजेल र पेट्रोलमा ५० पैसा र सडक मर्मत करबापत प्रतिलिटर पेट्रोलमा चार र डिजेलमा दुई रुपैयाँ शुल्क उठाउँदै आएको छ। विभिन्न शीर्षकमा उपभोक्ताबाट रकम संकलन गरे पनि अधिकांश अहिलेसम्म खर्च हुन सकेको छैन। मुलुकमा पेट्रोलियम पदार्थ आयातमा एकाधिकारप्राप्त सरकारी स्वामित्वको आयल निगम तीन वर्षपछि घाटामा गएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले जनवरी महिनामा निगमलाई भन्डै चार करोड रुपैयाँ घाटा भएको छ। अघिल्लो महिना २८ करोड नाफामा रहेकोमा अहिले इन्डियन आयल कर्पोरेसनबाट इन्धनको मूल्य बढेर आएकाले निगम घाटामा गएको हो।  निगमका प्रवक्ता भानुभक्त खनालले भारतबाटै इन्धनको मूल्य बढेर आएकाले यो महिना घाटामा देखिएको बताए। नयाँ मूल्यअनुसार निगमलाई सवैभन्दा बढी डिजल र ग्यासमा घाटा भएको छ।

निगमलाई डिजलमा प्रतिलिटर ९ रुपैयाँ र ग्यासमा प्रतिसिलिण्डर ७ रुपैयाँ २२ पैसा घाटा छ। निगमलाई पेट्रोल, मट्टीतेल र हवाई इन्धनमा क्रमशः प्रतिलिटर २ रुपैयाँ १६ पैसा, १ रुपैयाँ ३३ पैसा र १ रुपैयाँ ६१ पैसा नाफा छ। यो खबर हामीले आजको कारोबारबाट लिएका हौ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)
काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि  उल्लेख्य योगदान रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि उल्लेख्य योगदान रहेको बताउनुभयो ।
राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुँदै, नेताहरु छलफलमा
राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुँदै, नेताहरु छलफलमा
‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो
‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो
दीपावली गर्नेक्रममा आगलागी, साँढे १७ लाख बराबरको क्षति
दीपावली गर्नेक्रममा आगलागी, साँढे १७ लाख बराबरको क्षति
लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ
लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ
तिलोत्त नगरपालिकामा एमाले विजयी
तिलोत्त नगरपालिकामा एमाले विजयी
नयाँ प्रविधियुक्त संचार तालिम मंगलबार निर्देशनालयमा आयोजित एक समारोहबीच सम्पन्न
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
खुंखार गैंडा शिकारी रामकुमार र बमबहादुर पक्राउ
खुंखार गैंडा शिकारी रामकुमार र बमबहादुर पक्राउ

तपाईंले छुटाउनुभयो कि?