के सरकार पुर्नगठन हुन लागेको हो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा नेतृत्व र सरकारको आलोचना भइरहेको छ।
  • बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेताहरुले सरकार र नेतृत्वको खुलेर आलोचना गर्न थालेका छन्।

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा नेतृत्व र सरकारको आलोचना भइरहेको छ। बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेताहरुले सरकार र नेतृत्वको खुलेर आलोचना गर्न थालेका छन्। विशेष गरी दुई तिहाइ बुहमतको सरकारले राम्रोसँग काम गर्न नसकेको भन्दै सरकार पुर्नगठनको माग गरेका छन्। बुधबारको बैठका स्थायी कमिटी सदस्य रघुजी पन्तले सरकारको काम कारवाहीप्रति असुन्तुष्टि जनाउँदै सरकार पुर्नगठनको माग गरेका छन्।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले पनि सरकारका केही मन्त्री परिवर्तन गर्ने अभिव्यक्ति दिएका थिए। सरकारको कामप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले केही मन्त्री परिवर्तन गर्ने संकेत गरेका थिए। तर प्रधानमन्त्री केपी ओलीले सरकारका कुनै पनि मन्त्री परिवर्तन नहुने बताएर प्रचण्डलाई काउन्टर दिएका थिए। पछि प्रचण्डले प्रधानमन्त्रीले भनेजस्तै हुने भन्दै तत्काल मन्त्री परिवर्तन हुने बताएका थिए। तर सरकारको काम कारवाहीलाई लिएर पार्टी भित्र र बाहिरबाट चर्को आलोचना हुन थालेपछि फेरि एक पटक सरकार पुर्नगठनको चर्चा चल्न थालेको छ।

प्रधानमन्त्रीले दैनिक १८ घण्टासम्म खट्ने तर भनेजस्तो नजिता आउन नसक्ने अवस्थाका कमजोरी कहाँ छ भनेर खोज्ने बेला आएको प्रधानमन्त्री निकट नेताहरुले नै बताउन थालेका छन्। पछिल्लो समय मुलुकको शान्ति सुरक्षालाई लिएर सरकारको चर्को आलोचना हुने गरेको छ भने राजधानीलगायत मुलुकका सडक मर्मत सम्हार नभएको भन्दै सरकारको थप आलोचना हुने गरेको छ। केही समय अगाडि प्रधानमन्त्रीमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सबै मन्त्रीको सुक्ष्म अनुगमन भइरहेको अभिव्यक्ति दिएका थिए।  पछिल्लो समय केही मन्त्रीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट गरेको बालुवाटार निकट स्रोतले जनाएको छ। ‘प्रधानमन्त्रीज्यू पनि केही मन्त्रीको कार्यशैलीप्रति सन्तुष्ट हुनुहुन्न,’ स्रोतले भन्यो, ‘यसको अर्थ सरकार पुर्नगठन हुन्छ भन्ने त होइन तर मन्त्रीको कार्यशैली सुधार्नलाई निर्देशन दिन सक्ने संभावना देखिएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?