नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश

सारांश

  • काठमाडौं ।
  • नेपाली महिला फुटबल टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ ।
  • नेपालले पहिलोपटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागी बनेको हो ।

काठमाडौं । नेपाली महिला फुटबल टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले पहिलोपटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागी बनेको हो ।

आइतबार थाइल्याण्डमा भएको पहिलो समूहको अन्तिम खेलमा भारतले आयोजक थाइल्याण्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो । पराजित गरे पनि नेपाल हेड टु हेडका आधारमा दोस्रो चरणमा छनोट भएको हो ।

नेपालले आइतबारकै खेलमा पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेको थियो । त्यसअघि भएको समूहको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भारतलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

नेपालले पहिलो सहभागितामा नै ऐतिहासिक नतिजा प्राप्त गरेको हो । अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने छनोट चरण पार गर्नुपर्नेछ । च्याम्पियनसिप छनोटमा विभिन्न छ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?