नेपाल आइडललाई राउटेको ढाका टोपी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
नेपाल आइडललाई राउटेको ढाका टोपी

सारांश

  • गलकोट, १० चैत,गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गर्नुभएको छ ।
  • ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन ।
  • मन्त्री पुनले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको विषयमा बिरामीलाई सर्वसाधारण भएर जानकारी लिनुभएको थियो ।

गलकोट, १० चैत,गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गर्नुभएको छ ।

ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन । मन्त्री पुनले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको विषयमा बिरामीलाई सर्वसाधारण भएर जानकारी लिनुभएको थियो । अञ्चल अस्पतालका सबै बिरामीलाई भेटिसकेपछि मात्रै अञ्चल अस्पताल विकास समिति र कर्मचारीले मन्त्री आएको पत्तो पाएका थिए ।

“अस्पतालको अनुगमन मन्त्री एक्लैले गरिसक्नुभएको रहेछ”, अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवी रानामगरले भन्नुभयो, “हामीले मन्त्रीज्यू निस्कने बेलामा मात्र थाहा पायौँ ।” अस्पतालको छड्के अनुगमनका क्रममा तुलानात्मक हिसाबमा नयाँ विकास समितिका पदाधिकारी आइसकेपछि अस्पतालले प्रदान गर्ने सेवासुविधा, सरसफाइलगायतका विषयमा सुधार आएको बिरामीले मन्त्री पुनलाई बताएका थिए । अस्पतालको सुधारका लागि पहल गर्दै आउनुभएकी मन्त्री पुनले अञ्चल अस्पतालका बिरामीकै मुखबाट अस्पतालको बारेमा सुन्ने मौका मिलेको बताउँदै अस्पताललाई सेवामुखी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष मगरले अस्पतालका लागि आवश्यक उपकरण तथा भौतिक सुधारका लागि बजेट छुट्याउन मन्त्री पुनलाई आग्रह गर्नुभएको थियो । मन्त्री पुनले अनुगमनका क्रममा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीका समस्याका बारेमा समेत जानकारी लिनुभएको थियो ।

विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए । सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताउनुभयो । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायतका सुविधासमेत प्रदान गर्न थालिएको छ ।

(newsroompost.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायिका निमिसा त्रिपाठि र गायक नरेस बिसिले सिपालु जमुना बोल को तिज गित भिडियो सहित
गायिका निमिसा त्रिपाठि र गायक नरेस बिसिले सिपालु जमुना बोल को तिज गित भिडियो सहित
११ बर्षे लामो सम्बन्धमा पूर्णबिराम, घरवार विगारेको आरोप
११ बर्षे लामो सम्बन्धमा पूर्णबिराम, घरवार विगारेको आरोप
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा
मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !
मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो
अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो
देशभर चिसो बढ्यो…
देशभर चिसो बढ्यो…
साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्डको सजाय
साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्डको सजाय

तपाईंले छुटाउनुभयो कि?