दोस्रो पाँचखाल महोत्सव भोलीदेखि सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
दोस्रो पाँचखाल महोत्सव भोलीदेखि सुरु

सारांश

  • “खेलकुद विकासमा युवा अभियान, कृषि, संस्कृति र पर्यटन प्रबद्र्धन पाँचखाल महोत्सवको पहिचान“ भन्ने मुल नाराका साथ दोश्रो पाँचखाल महोत्सब २०७६ भोलीदेखि सुरु हुँदैछ ।
  • असोज २९ देखि कार्तिक ९ सम्म जारी रहनेछ ।
  • महोत्सव पाँचखाल नगरपालिकाको सहकार्यमा हुन लागेको हो ।

“खेलकुद विकासमा युवा अभियान, कृषि, संस्कृति र पर्यटन प्रबद्र्धन पाँचखाल महोत्सवको पहिचान“ भन्ने मुल नाराका साथ दोश्रो पाँचखाल महोत्सब २०७६ भोलीदेखि सुरु हुँदैछ । असोज २९ देखि कार्तिक ९ सम्म जारी रहनेछ । महोत्सव पाँचखाल नगरपालिकाको सहकार्यमा हुन लागेको हो । पाँचखाल उद्योग वाणिज्य संघ प्रमुख सल्लाहकार रहेको महोत्सवमा ८५ स्टल रहने

र करिब १ लाख आगन्तुक आउने अनुमान गरिएको छ । महोत्सवमा बाल उद्यान, राष्ट्रिय स्तरका ख्यातिप्राप्त तथा स्थानिय कलाकारको प्रस्तुति, स्थानिय कला, संस्कृति, फुटबल प्रतियोगिता, कृषि तथा पर्यटन प्रबद्र्धन महोत्सवको प्रमुख आकर्षण रहेको छ । महोत्सवको उद्घाटन प्रमुख अतिथि सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटाले गर्ने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?