अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गैरहेको छ ।
  • टिचिङ अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई संक्रमणबाट बचाउन पहिलो प्राथमिकता भएको अस्पतालले बताएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गैरहेको छ । टिचिङ अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई संक्रमणबाट बचाउन पहिलो प्राथमिकता भएको अस्पतालले बताएको छ । भेटघाटमा भने रोक लगाएको छ ।

प्रधानमन्त्रीलाई भेट्नेको लाइन लागेपछि भेटघाटलाई प्रतिबन्ध गरिएको भन्दै विज्ञप्ति मार्फत जानकारी गराएको छ । भेटघाटमा नेता, कार्यकर्ताको भिडभाड हुने र भीडले संक्रमण बढाउने भन्दै अस्पतालले भेट्न नदिने निर्णय गरेको हो ।

मंगलबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘सिघ्र स्वास्थ्यलाभको शुभकामना दिन चाहने शुभचिन्तकहरुको आकांक्षालाई यस अस्पतालले आत्मसात गरेपनि संक्रमण नियन्त्रणगरी सम्मानीयज्यूको सिघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकाले चिकित्सकीय राय अनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको सबैमा अनुरोध छ ।’

अस्पतालका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?