नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
५३९ पटक हेरिएको
Shares
नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी !

सारांश

  • नवलपरासी, ३ जेठ ।
  • नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णकुमार श्रेष्ठ ६९ मत अन्तरले विजयी हुनुभएको छ ।
  • यसैगरी उपप्रमुखमा भने नेकपा (एमाले) की उम्मेदवार पार्वती तिवारी ३५९ मत अन्तरले विजयी हुनुभएको छ ।

नवलपरासी, ३ जेठ । नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णकुमार श्रेष्ठ ६९ मत अन्तरले विजयी हुनुभएको छ ।

यसैगरी उपप्रमुखमा भने नेकपा (एमाले) की उम्मेदवार पार्वती तिवारी ३५९ मत अन्तरले विजयी हुनुभएको छ ।

आठ हजार ५७९ मतसहित प्रमुख पदमा काँग्रेसका श्रेष्ठ विजयी बन्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरि न्यौपानले आठ हजार ५१० मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले) की उम्मेदवार तिवारी आठ हजार ७५१ मतका साथ विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी लक्ष्मी बस्ताकोटीले आठ हजार ३९१ मतमा चित्त बुझाउन परेको थियो ।

नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठ वटा तहका निर्वाचनमध्ये हालसम्म पाँच वटा स्थानीय तहको मात्र मतगणना पूरा भएको छ ।

जसमध्ये चारवटै गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् भने मतगणना पूरा भएको देवचुली नगरपालिकाको प्रमुखमा पनि नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

यसअगावै बुलिटार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी भइसकेको छ ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?