देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँः सभापति लामिछाने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँः सभापति लामिछाने

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताएका छन्।
  • बिहीवार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताएका छन्।

बिहीवार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारमा ४ महिनाको अवधिमा बस्दा कुन शक्तिबाट देश चल्छ भन्नेकुरा राम्रोसँग बुझ्न पाएको बताए। उनले गोपनीयताको शपथ ग्रहण गरेकाले सबैकुरा भन्न नमिल्ने भन्दै उनले सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्नेकुराको जानकारी पाएको बताए।

उनले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्नहरु आएको भन्दै सरकारमा गएर नै सरकार भित्रका गल्तीहरु बुझ्ने बताए। उनले पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताए। २१ जना भ्रष्टहरुलाई संसदमा जान रोकेर आफूहरुले राम्रा मान्छे ल्याएको दाबी गरे।

उनले भने, ‘नयाँ राजनीतिक दल भएर सरकारमा किन गएको ? भन्छन् । सरकारमा किन गएको भनेको भन्यै छन् । पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदाखेरी गल्ती केही नगर्दा पनि गाली खाने बाहेक केही काम भएन । तर हामी त केही सिक्नु थियो । हामीले त केही गर्नु थियो । हामी त हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्नेकुरा जान्नका लागि सिंहदरबार कसरी चल्दैछ भन्नेकुरा हेर्नैपर्छ । जति गाली खाएर भएपनि केही समय सरकारमा जानु नै थियो । अघिल्लो पटक पर्याप्त थिएन । ३४ दिन म भएँ । अरु साथीहरु २४ दिन जति हुनुभयो । त्यो कुनै पर्याप्त समय नै थिएन । अब अहिले जुन चार महिनाको अवधि हामीले सरकारमा बस्यौँ, यो अवधिले अब चाहीँ हामीलाई धेरै कुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनियताको शपथ खाएका छौँ, सबैकुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रो सँग थाहा पायौँ । यो ठूलो पाठ सिकेका छौँ । यसबाट राज्यलाई घाटा लगाएका छैनौँ । राज्यलाई अफ्ठ्यारोमा पारेका छैनौँ । २१ जना भ्रष्टहरुलाई रोकेर हामीले संसदमा आएका छौँ ।’

सभापति लामिछानेले शिक्षा क्षेत्रलाई राजनीतिबाट अन्त्य गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
लालबाबु राउतलाई विदेश जान राेक्ने सरकारले विद्यासुन्दर शाक्य विदेश जाँदा  किन देखेन ?
लालबाबु राउतलाई विदेश जान राेक्ने सरकारले विद्यासुन्दर शाक्य विदेश जाँदा किन देखेन ?
अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी
अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी
लाइसेन्स नलिई जाँच्छन् बिरामी
लाइसेन्स नलिई जाँच्छन् बिरामी
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ  गरी सार्वजनिक मुद्धा चलाउने
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ गरी सार्वजनिक मुद्धा चलाउने
कांग्रेसको बलियो पक्ष भनेको  प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
कांग्रेसको बलियो पक्ष भनेको प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
कलाकार संघको अध्यक्षमा सरीता र लयको उम्मेद्वारी
कलाकार संघको अध्यक्षमा सरीता र लयको उम्मेद्वारी
एकाएक ओलीसँग प्रचण्ड किन झस्किए ?
एकाएक ओलीसँग प्रचण्ड किन झस्किए ?
Stress on collective efforts to protect girls
Stress on collective efforts to protect girls
फुर्वा तेञ्जिङ शेर्पाले राखे नयाँ किर्तिमान  !
फुर्वा तेञ्जिङ शेर्पाले राखे नयाँ किर्तिमान !

तपाईंले छुटाउनुभयो कि?